मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस चितवनको सभापतिमा जितनारायण श्रेष्ठ निर्वाचित

कांग्रेस चितवनको सभापतिमा जितनारायण श्रेष्ठ निर्वाचित


चितवन, ४ फागुन । नेपाली कांग्रेस चितवनको सभापतिमा जितनारायण श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार भएको दोस्रो चरणको निर्वाचनमा ५०१ मत प्राप्त गरी श्रेष्ठ जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।  
 
उनका निकटतम प्रतिस्पर्धी दिनेश कोइरालाले ३३७ मत प्राप्त गरेका थिए । 
सम्भवत सभापतिमा निर्वाचित श्रेष्ठ कांग्रेसको जिल्ला सभापतिमा सबैभन्दा कम उमेरका हुन् । २०३६ सालमा जन्मेका श्रेष्ठ यसअघि कांग्रेसको १२ औँ महाधिवेशनबाट जिल्ला सचिवमा निर्वाचित भएका थिए । 
 
नेपाल विद्यार्थी संघको जिल्ला सचिव, अध्यक्ष हुँदै नेपाली कांग्रेसको राजनीतिमा उनी प्रवेश गरेका हुन् । उनी कांग्रेसका संस्थापन पक्षका हुन् । 
 
यसअघि गएको सोमबार अर्थात् एक हप्ताअघि भएको पार्टीको निर्वाचनमा श्रेष्ठ र कोइराला दोस्रो चरणमा गएका थिए । कांग्रेसको विधानमा खसेको मतको ५१ प्रतिशत मत नल्याए पुनः धेरै मत ल्याउने दुई जनाबीचमा दोस्रो चरणको निर्वाचन हुने व्यवस्था छ । पार्टी सभापति सुशील कोइरालाको निधनले निर्वाचन एक हप्तापछि सरेको हो ।  
 
कांग्रेसको १३ औँ महाधिवेशनअन्तर्गत जिल्ला निर्वाचनमा सभापतिमा चार जना उम्मेदवार चुनावी प्रतिश्पर्धामा रहेका थिए । 
 
सभापतिमा निर्वाचित श्रेष्ठले पार्टीलाई एकीकृत गर्दै एक ढिक्का बनाएर अगाडि लैजाने प्रतिबद्धता व्यक्त गरे । 
 
‘मेरो जित सम्पूर्ण पार्टी कार्यकर्ताहरुको जित हो । यसलाई जितहारका रुपमा भन्दा पनि कांग्रेसको नेतृत्व गर्ने जिम्मेवारी ममा आएको महसुुस गरेको छु’, उनले भने, ‘कार्यकर्ताको क्षमता र मूल्याङ्कनका आधारमा  जिम्मेवारी दिएर अगाडि बढ्ने छु ।’ 
 
कांग्रेसको १३ औं महाधिवेशनमा सचिवमा उत्तम जोशी निर्वाचित भएका छन् । उनले ३१० मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिश्पर्धी शालिग्राम पौडेलले २९१ मत प्राप्त गरेका थिए । सचिवकै अक्र्रा उम्मेदवार  कैलाश कोइरालाले २५४ मत प्राप्त गरेका थिए । 
 
यस्तै, कोषाध्यक्षमा शंकर कँडेल यसअघि नै निर्विरोध निर्वाचित भएका हुन् । २५ जनाको कार्यसमितिका  लागि ९०३ क्षेत्रीय प्रतिनिधिले मतदान गरेका थिए ।