मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेस काठमाडौँको अधिवेशन आगामी मङ्गलबार र बुधबार हुने

काँग्रेस काठमाडौँको अधिवेशन आगामी मङ्गलबार र बुधबार हुने


काँग्रेस काठमाडौँको अधिवेशन आगामी मङ्गलबार र बुधबार हुने 
काठमाडौँ, २ फागुन । नेपाली काँग्रेसको काठमाडौँ जिल्ला अधिवेशन आगामी फागुन ४ र ५ गते हुने भएको छ । 
 
नेपाली काँग्रेस काठमाडौँका सभापति, निर्वाचन अधिकृत र क्षेत्रीय सभापतिसहित आज बसेको बैठकले निर्वाचनको प्रक्रिया फागुन ४ गतेबाट थालिने र मतदान ५ गते गर्ने निर्णय गरेको हो । 
 
काँग्रेस काठमाडौँका निर्वाचन अधिकृत श्यामराज ढुङ्गेलले फागुन ४ गते उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन गर्ने र ५ गते बिहान ८ बजेदेखि १२ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । 
 
माघ २६ मा हुने भनिएको जिल्ला अधिवेशन केन्द्रीय सभापति सुशील कोइरालाको निधन भएपछि स्थगित भएको थियो । 
 
काठमाडौँको जिल्ला अधिवेशनमा एक हजार २७३ जना क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ । रासस