मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सौराहा फुड फेष्टिवलमा चिचर खाने प्रतियोगिता

सौराहा फुड फेष्टिवलमा चिचर खाने प्रतियोगिता


चितवन, २ फागुन । प्रणय दिवसको अवसरमा चितवनको सौराहामा आयोजना भएको सौराहा फुड फेष्टिवल अन्तरगत आज पत्रकारहरुबीच चिचर खाने प्रतियोगिता र महिलाहरुबीच पानी पिउने प्रतियोगिता सम्पन्न भएको छ ।
 
महिला र पुरुष पत्रकारवीच अलग अलग चिचर खाने प्रतियोगिता आयोजना गरिएको थियो । पुरुष पत्रकारवीच भएको चिचर खाने प्रतियोगितामा रेडियो सौराहाका दिपेश चौधरी प्रथम हुनुभएको छ ।
 
यस्तै पत्रकार महिलावीच भएको प्रतियोगितामा सिर्जना अर्याल विजयी हुनुभयो । विजेता दुर्वजनालाई आयोजकले आजै नगद २,२ हजार नगद पुरस्कार प्रदान गरेको आयोजक प्रतिनिधि रोज पाठकले जानकारी दिनुभयो ।
 
यस्तै महिलावीच भएको पानी पिउने प्रतियोगितामा गायिका उमादेवी खनाल विजयी हुनुभयो । 
 
आज प्रेम दिवससमेत परेकाले सौराहामा आन्तरिक पर्यटक भरिएका छन् । महोत्सव स्थलमा पर्यटकको घुईचो लागेको आयोजकले जनाएको छ ।
 
प्राकृतिक सौन्र्दयता, सौराहाको विशेषता भन्ने नाराका साथ प्रणय दिवसको अबसरमा शुक्रबारदेखि शुरु १० औं सौराहा फुड फेस्टिवल आयोजना गरिएको संयोजक नरेश गिरीले जानकारी दिनुभयो । 
 
आज गायक पशुपति शर्मा, शिव परियार,रमेश भट्टराई, सिता कँडेल लगायतको प्रस्तुतिमा दर्शकले मनोरञ्जन लिएका थिए ।