मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीको गैंडा पुराण (भिडियोसहित)

प्रधानमन्त्री ओलीको गैंडा पुराण (भिडियोसहित)


काठमाडौं  । प्रधानमन्त्री केपी ओलीको गैँडा मोह फेरि प्रकट भएको छ । राष्ट्रिय पर्यटन परिषदको बैठकमा प्रधानमन्त्री ‌ओलीले चितवनमा जन्मेर भारतमा चर्न जाँदैमा एक सिङ्गे गैँडा भारतको नहुने तर्क गरे।

एक सिङ्गे गैँडा नेपालकै हुनुपर्नेबारे उनले गरेको  तर्क यस्ता थिए-

तर्क नम्बर १ : चितवनमा जन्मेर भारतमा चर्न जाँदैमा इन्डियन हुन्न

एक दिन दुई जना साथी आएर मलाई एउटा चिज देखाए, यसो हेरेको त इन्डिएन राइनो लेखेको रहेछ, मैले त्यहाँ अब्जेक्सन जनाएँ र भनें एकसिंगे गैंडा नेपालको हो। यो नेपालमा जन्मन्छ। चितवनमा जन्मेर भारत चर्न जाँदैमा त्यो इन्डिएन राइनो हुन्छ?

तर्क नम्बर २ : नेपालमा मात्रै पाइन्छ, नाम गैँडा नै हुनुपर्छ

एक सिंगे गैंडा नेपालमा मात्रै पाइने भएकाले त्यसको नाम राइनोसरस नभई गैंडा नै हुनुपर्छ। बायोलोजिकल र साइन्टिफिक भनेर गैंडाको नाम राइनोसरस भन्देका छन्, तर यो हाम्रो गैंडा हो। हाम्रो देशमा उत्पादन हुन्छ, अमेरिकाले देख्नु न सुन्नु कहाँबाट राइनो नाम राख्ने ?’

तर्क नम्बर ३ : गैँडाको आमाछोरी खेलिरहेको नेपालमा बाहेक अरु कहाँ हेर्न पाइन्छ?

ओलीले एकसिंगे गैंडा विश्वमा अरुको हुन सक्दैन। एक सिंगे गैंडा हाम्रो हो, दुई सिंगे त अफ्रिका तिर पाइन्छ। त्यो उनीहरुको हो। हाम्रोमा जस्तो जंगलमा गएर गैंडा हेर्न अन्त कहाँ पाइन्छ ? हाम्रोमा हात्तीमा चढेर गैंडा हेर्न पाइन्छ, जीवित गैंडा त्यो चिडियाघरमा होइन, जंगलमा हेर्ने। गैंडाको आमाछोरी खेलिरहेको साँच्चिकै हेर्ने हो।

ओलीको गैँडा प्रेम प्रधानमन्त्री भएपछि बल्ल पलाएको हैन। यसअघि गत जेठमा प्रधानमन्त्री हुनुअघि पनि ओलीको गैँडा मोह छरपष्ट भएको थियो।

त्यतिबेला उनले भएका थिए-

  • सुन्दरता हेर्न अन्त कहाँ जाने नेपाल नै आउनुपर्छ। के गर्ने गैंडा अमेरिकामा जन्मिदैन, युरोपमा जन्मदैन अष्ट्रेलियामा जन्मदैन।
  • जिन्दगीमा एक पल्ट गैंडा हेरेन भने जतिसुकै विकसित देशको होस् जतिसुकै धनी मान्छे होस् त्यसको के अर्थ? आधा जिन्दगी त्यसै खेर गएन र?’ जैविक संसारमा गैंडाजस्तो चिज देखेको छैन भने पैसा कमाएर के अर्थ? के डलर खाने ? युरो खाने ?
  • पैसा भएन भने त एउटा कुरा पैसा भएर पनि गैडा नदेखी जिन्दगी जान्छ भने त बर्बाद भएन र?’