मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान संशोधन गरेर असन्तुष्टको माग पूरा हुन्छ : नेम्वाङ

संविधान संशोधन गरेर असन्तुष्टको माग पूरा हुन्छ : नेम्वाङ


इलाम, १ फागुन । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सबैको सहमतिमा जारी भएको संविधान भएकाले यसलाई पुनः संशोधन गरेर अघि बढ्न सकिने बताउनुभएको छ । 
 
नेकपा (एमाले) इलामद्वारा गजुरमुखीमा आज आयोजित क्षेत्र नं २ को कार्यकर्ता प्रशिक्षणमा बोल्दै नेम्वाङले संविधान संशोधन गरेर असहमत राजनीतिक दलको विचार र भावना संविधानमा समेटिने बताउनुभयो । अहिलेको संविधान विश्वकै उत्कृष्ट संविधान भएको बताउँदै यसको सफल कार्यान्वयन भएमा मुलुक समृद्धितर्फ अघि बढ्ने विचार उहाँले व्यक्त गर्नुभयो । 
 
“संविधानमा चित्त नबुझेमा संशोधन गर्दै अब आर्थिक विकासमा लाग्नुपर्छ”, उहाँले भन्नुभयो – “मुलुकमा राजनीतिक स्थायित्वका लागि आर्थिक विकासमा सबै एक भएर लाग्नुको विकल्प छैन ।” 
 
संविधानमा चित्त नबुझेका कुरालाई संसद्बाट अघि बढाउनुपर्नेमा सडक र सीमामा बसेर आन्दोलन गर्नु उचित नभएको र अहिले आन्दोलनसमेत समाप्त भएकाले अब संसद्बाट निकास खोज्न आग्रह गर्नुभयो । 
 
पार्टीका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिँदै इलामको क्षेत्र नं २ बाट निर्वाचित उहाँले यस क्षेत्रको विकासका लागि जिल्ला तहदेखि केन्द्र तहसम्म पहल र प्रयास जारी राख्नेसमेत बताउनुभयो । 
 
जिल्लाको पश्चिमी क्षेत्र विकासको दृष्टिकोणले पछाडि परेको बताउँदै उहाँले सडक, विद्युत्, खानेपानी र स्वास्थ्य क्षेत्रको विकासका लागि पहल गर्ने विश्वास दिलाउनुभयो । रासस