मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेस चितवनको सभापतिको निर्वाचन सोमबार हुँदै

काँग्रेस चितवनको सभापतिको निर्वाचन सोमबार हुँदै


चितवन, १ फागुन । नेपाली काँग्रेस चितवनको सभापति पदमा पहिलो चरणमा ५० प्रतिशत मत कुनै पनि उम्मेदवारले प्राप्त गर्न नसकेपछि रोकिएको निर्वाचन प्रक्रिया पर्सि सोमबार सुरुहुने भएको छ ।
 
पार्टीका सभापति सुशील कोइरालाको निधनका कारण गत मङ्गलबार पुनः निर्वाचन गर्ने तालिका रहे पनि स्थगन भएको थियो ।
 
सहायक निर्वाचन अधिकृत धु्रव पोखरेलका अनुसार सोमबार बिहान ११ देखि १ बजेसम्म सभापति पदका लागि मतदान हुनेछ । पहिलो चरणमा सभापति पदका उम्मेदवार जीतनारायण श्रेष्ठले ४१५ मत, दिनेश कोइरालाले २१३ मत, प्रकाश अधिकारीले १५१ मत, विजय भुसालले ३८ मत र देवेन्द्र गुरुङले ३३ मत प्राप्त गर्नुभएको थियो ।
 
पचास प्रतिशत कटाउन श्रेष्ठलाई ३२ मत अपुग भएपछि श्रेष्ठ र कोइरालाका बीचमा पुनः मतदान हुन लागेको हो । नेपाली काँग्रेस चितवनका ८९९ जना प्रतिनिधिले मतदान गर्दैछन् । सचिव र जिल्ला समिति सदस्य पदको मतगणना पनि सभापतिको निर्वाचनपछि गरिने पोखरेलले बताउनुभयो । रासस