मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

१६० बालबालिकालाई कपडा वितरण

१६० बालबालिकालाई कपडा वितरण


धादिङ, २९ माघ । मास्टरपिस नेपालको आयोजनामा धादिड जिल्लाका ३ विद्यालयहरुमा अध्ययन गर्ने १६० जना बालबालिकाहरुलाई व्यवसायी विकास प्रधानसँगको सहकार्यमा कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ ।  
श्री उड्वादेवी प्रजा प्राथमिक विद्यालय, श्री बाराही प्राथमिक विद्यालय र श्री गोगनपानी माध्यामिक विद्यालयमा अध्ययन गर्ने १६० जना बालबालिकालाई कपडा वितरण गरिएको कार्यक्रम संयोजक पुनम खड्गीले जानकारी दिनुभयो ।  
लामो समयदेखि शिक्षाको क्षेत्रमा कामहरु गरिरहेको र अलि फरक तरिकाबाट सामाजिक संजालको माध्यमवाट आर्थिक तथा सहयोगी दाताहरुको खोजी गरी अन्त्यन्तै नाजुक अवस्थामा रहेको विद्यालय भवन निर्माण, विपन्न र अति आवश्यक बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान एवम समयअनुसार जाडो मौसममा न्यानो कपडा वितरण अन्य समयमा पनि विद्यार्थी र विद्यालयको आवश्यकता बमोजिम शैक्षिक सामग्रीहरु वितरण गरिरहने संयोजक खड्गीले बताउनुभयो । 
सामाजिक काम आफ्नो ईच्छाको बिषय भएकाले पनि जति नै कठिन परिस्थतिमा पनि आफूले यसलाई निरन्तरता दिइरहेको उहाँको भनाइ छ । 
कपडा पाएपछि विभिन्न क्षेत्र तथा सम्प्रदायको बालबालिकाहरु भएकाले उनीहरु निकै खुसी देखिएका थिए । युवा देशको परिवर्तनको संवाहक भएकाले जतिसुकै ब्यस्त भए पनि केही समय देश र समाज रुपान्तरणको लागि दिन जरुरी रहेको उहाँले बताउनुभयो ।