मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

छोरी मार्ने बाबुलाई जन्मकैद

छोरी मार्ने बाबुलाई जन्मकैद


चितवन, २६ माघ । छोरी मारेको अभियोगमा चितवन जिल्ला अदालतले बाबुलाई जन्मकैद सजाय सुनाएको छ । 
 
तीन वर्षीया बालिकाको कुटपिटबाट उपचारको क्रममा मृत्यु भएपछि घटनाका आरोपित माडी–११ वस्ने २५ वर्षका सुरेश विकलाई न्यायाधीश टेकनारायण कुँवरको इजलासले जन्मकैदको फैसला सुनाएको हो ।
 
गत असोज ५ गते कुटपिटबाट घाइते भएकी ३ वर्षीया बालिका खुसी विकको भरतपुर अस्पतालमा असोज १२ गते निधन भएको थियो । 
 
बाबुको कुटपिटबाट मृत्यु भएको भनी मृतककी आमा २१ वर्षकी लक्ष्मी विकले जिल्ला प्रहरी कार्यालय चितवनमा असोज १२ गते नै उजुरी दिएकी थिइन् । प्रहरीले आरोपित विकलाई सोही दिन पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको थियो ।
 
जन्मकैदको फैसला भए पनि न्यायाधीशको तजवीका आधारमा १० वर्षको सजाय कायम गरिएको अदालतका सूचना अधिकृत कृष्ण बरालले जानकारी दिए ।