मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ऐतिहासिक पुरुष सुशील कोइराला रहेनन्

ऐतिहासिक पुरुष सुशील कोइराला रहेनन्


काठमाडौँ । नेपाली कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री सुशील कोइराला नरहनु भएको दुखद समाचार आएको छ ।
 
अमेरिकामा रहेको कोइराला नातेदारहरुले केही दिनदेखि अस्वस्थ्य कोइरालाको दुखद निधन भएको पुष्टि गरेका छन् ।
 
नेपालको समयअनुसार मध्यरातमा यस्तो दुखद घटना भएको स्रोतले जनाएको छ । दमसम्बन्धि क्रनिक अब्सट्रक्टिव पल्मुनरी डिजिज (सीओपीडी) समस्याले एक्कासी च्यापेपछि अस्पताल लैजान नपाई कोइरालाको महाराजगञ्जमै बिहान १२ बजेर ५० मिनेटमा निधन भएको हो । 
नेपाली कांग्रेस र कोइराला निकटहरुले पनि उहां नरहनु भएको जनाएका छन् । नेपाली कांग्रेसको अगामी महाधिवेशन हुन केही सातामात्र बांकी छ ।
 
कोइरालाले अर्को कार्यकालको लागि सभापति उठ्ने औपचारिक घोषणा नगरेपनि नेतृत्व दिन इच्छुक रहेको सार्वजनिक गरेका थिए । केही स्थानमा प्रचार प्रसार पनि गरेका थिए ।
 
नेपाली कांग्रेसको महाधिवेशन तयारी अन्तिम चरणमा थियो । जिल्ला जिल्लामा सभापति छानिने क्रम जारी थियो । कोइरालाको निधनले महाधिवेशन पनि स्थगित भएको कांग्रेसले जनाएको छ ।