मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सीएमएसका नक्कली चिकित्सक सिआइबीद्धारा पक्राउ

सीएमएसका नक्कली चिकित्सक सिआइबीद्धारा पक्राउ


चितवन, २३ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले नक्कली प्रमाणपत्र भएको आशंकामा भरतपुरको पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एकजना चिकित्सकलाई गिरफ्तार गरेको छ । पक्राउ परेका चिकित्सकको एसएलसी प्रमाणपत्र नै नक्कली भएको सीआइबीले जानकारी गराएको छ ।
 
सिराहा विष्णुपुर गाविस वडा नं ५ घर भइ पुरानो मेडिकल कलेजमा कार्यरत विनिता यादवलाई सीआईबीको टोलीले समाएको छ । यादवसहित सीआईबीले नेपालभरबाट १२ जनालाई गिरफ्तार गरेको छ । झापाका रामबाबु गिरी, मोरङका पशुपति चौधरी, सप्तरीका मोहमद कमरुल हक, मोरङकै तुलसीकुमार महतो र कपिलवस्तुका अफजल हुसैन समातिएका छन् ।
 
धनुषाका मोहमद अहमद सिद्धिकी, कल्याण विश्वास, भगवान केवट मल्लाह र शैलेन्द्रकुमार महतोलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । त्यस्तै महोत्तरीका सन्तोषकुमार यादव र श्यामबाबु साह पनि नक्कली प्रमाणपत्र भएको आशंकामा समातिएका छन् ।
 
नेपाल प्रहरीको आधिकारिक फेसबुक पेजमा उल्लेख भएको विवरण अनुसार पक्राउ परेका १२ जनामध्ये एकजनाले नेपालको एसएलसीको प्रमाणपत्र नक्कली बनाएको उल्लेख छ । त्यस्तै १० जनाले प्रमाणपत्र तहको भारतीय नक्कली प्रमाणपत्र बनाएको उल्लेख छ ।
 
एकजनाले भारतीय प्रवेशिका परीक्षाको नक्कली प्रमाणपत्र पेश गरेको प्रहरीको भनाइ छ । यसरी प्रमाणपत्र बनाएर पाँचजनाले चीनबाट, रसिया, भारत, बंगलादेशबाट एकएकजनाले एमबीबीएस पढेको पनि प्रहरीको भानइ छ ।
 
पक्राउ परेकामध्ये एकजनाले फिलिपिन्सबाट एमडीसमेत गरेको प्रहरीको विवरणमा उल्लेख छ । सीआईबीले ‘अप्रशन क्वीक’ सञ्चालन गरेर विभिन्न मितिमा उनीहरुलाई पक्राउ गरेको हो । भरतपुरको पुरानो मेडिकल कलेज यसअघि पनि विभिन्न खालका विवादमा नपरेको होइन ।
 
उसअघि पनि असोज ५ मा सार्वजनि भएको विवरणमा सो मेडिकल कलेजका ७० जना नक्कली प्रोफेसरहरु भेटिएका थिए । मेडिकल काउन्सिलले गरेको निरीक्षणमा त्यस्ता प्रोफेसरहरु फेला परेर कारवाहीको तयारीसमेत भएको थियो । तर कारवाही भएको बारेमा केही जानकारी सार्वजनिक भएको छैन । अहिलेको गिरफ्तार प्रकरण पनि केही समयको चर्चाका लागि मात्रै हुने आशंका छ ।