मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नुवाकोट दुर्घटनामा ८ सैनिकको मृत्यु

नुवाकोट दुर्घटनामा ८ सैनिकको मृत्यु


धादिङ, २३ माघ । नुवाकोटको मदानपुरमा भएको दुर्घटनामा परी ८ जनाको ज्यान गएको छ । ज्यान गुमाएकामध्ये पांच जना नेपाली सेनामा कार्यरत सैनिक जवानहरु रहेका छन् । 
 
पासाङ ल्हामु सडक खण्डअन्र्तगत नुवाकोटको मदानपुर–८ केउरेनीमा शनिवार दिउंसो दुर्घटना भएको हो । सो दुर्घटनामा परी ज्यान गुमाएका मध्ये गम्भीर घाइते ६ जनाको उपचारको लागि काठमाडौँ पठाइएको नुवाकोट जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 
काठमाडौँको बाट शनिबार मध्यान्ह १२ बजे नुवाकोटको त्रिशूलीका लागि  छुटेको वा १ ज ७५८३ नम्बरको माइक्रोबस पासाङ ल्हामु सडक खण्डअन्र्तगत नुवाकोटको मदानपुर–८ केउरेनीनजिकै  जोगीभीरमा दिउँसो एक बजे पल्टिंदा पाँच सैनिकसहित नौजनाको  ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी नायव उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । 
 
दुर्घटनाका ८ मृतकमध्ये ५ जनाको मात्र सनाखत भएको पनि उहाँले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार दुर्घटनामा माइक्रोबसका चालक दामोदर कँडेल, सैनिक जवान यशोदा कार्की, ईश्वर कार्की, पदम राई र सन्तोष बोगटीको मृत्यु भएको हो । अन्य तीन जनाको सनाखत हुन बाँकी छ।