मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

रसियाली हवाई आक्रमणमा २१ सिरियाली नागरिकको मृत्यु

रसियाली हवाई आक्रमणमा २१ सिरियाली नागरिकको मृत्यु


लेबनान, २२ माघ । रसियाद्वारा जारी राखिएको सिरियामाथिको हवाई आक्रमणमा बिहीबार तीन बच्चासहित २१ जना सिरियाली नागरिकको मृत्यु भएको बेलायतस्थित सिरियाली मानवअधिकारवादी सङ्गठनले जनाएको छ।
 
रसियाले सिरियाली विद्रोहीको आश्रयस्थल मानिँदै आएको अलेप्पो सहर र वरपरका क्षेत्रमा व्यापक हवाई आक्रमण गर्दा २१ नागरिकको मृत्यु हुनाका साथै कैयौँ घाइते भएको बताइएको छ ।
 
आक्रमणबाट प्रभावित क्षेत्रबाट पूर्ण विवरण आउन अझै बाँकी रहेकाले मृतकको सङ्ख्या थप हुनसक्ने समेत उक्त संस्थाले बताएको छ । एजेन्सी