मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दुर्घटनामा योजना अधिकृतको मृत्यु

दुर्घटनामा योजना अधिकृतको मृत्यु


इनरुवा, २२ माघ । जिविस सुनसरीका योजना अधिकृत दीपक निरौलाको गाडी दुर्घटनामा परी हिजो साँझ मृत्यु भएको छ । 
 
पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको रामधुनीभासी नगरपालिका–४ मा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को१२प ६४६६ नंको मोटसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना३ख ४५६१ नंको टिपरले ठक्कर दिँदा सो दुर्घटना भएको हो । 
 
कामविशेषले इटहरी जानुभएका इनरुवा–२ का  निरौला इटहरीबाट इनरुवा फर्किने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 
 
शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । ठक्कर दिने टिपर र चालक इलाका प्रहरी कार्यालय पक्कलीको नियन्त्रणमा छ । रासस