मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा अवैध आयुर्वेद केन्द्रको विगविगी

चितवनमा अवैध आयुर्वेद केन्द्रको विगविगी


चितवन, २१ माघ । चितवनको भरतपुर नगर क्षेत्रमा अवैध रूपमा आयुर्बेद केन्द्रहरू सञ्चालन गरेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवन, जिल्ला आयूर्वेद केन्द्र टाँडी र जिल्ला जनस्वास्थ्य कार्यालयले आज गरेको संयुक्त अनुगमनका क्रममा नगर क्षेत्रका अधिकाशं आयुर्वेद केन्द्रहरू गैरकानुनी रूपमा सञ्चालन गरेको पाइएको छ ।

भनपा–९ मा सञ्चालन गरिने भनि अनुमति लिए पनि अनमोल आरोग्य केन्द्र अहिले भरतपुर–१० वीरेन्द्र क्याम्पस रोडमा सञ्चालनमा छ ।

यस केन्द्रको औषधि बिक्रीका लागि कुनै अनुमति लिएको कागज छैन । तर राधिका औषधि पसलका रुपमा औषधि पसल अवैध रुपमा सञ्चालनमा छ ।

केन्द्रमा काम गर्ने रोजगारदाताले विगत ५ वर्षदेखि आफ्नो प्रमाणपत्र नविकरण गराएका छैनन् । केन्द्रले प्रयोगशाला सञ्चालनका लागि कुनै अनुमति लिएको छैन । तर, एसीजी मेशिन नभएको र अन्य प्रयोगशाला सुविधा रहेको भनी स्पष्ट प्रचार गरिएको छ । स्वीकृतिबिना नै होमियोपेथिक उपचार सञ्चालन गरेको पाइएको हो ।

केन्द्रले क्लिनिक सञ्चालनका लागि कुनै अनुमति लिएको छैन । तर डा. अमित साहनीको नाम प्लेट राखेर बिरामीको उपचार गराइरहेको छ । उल्लेखित कमजोरीहरुको बाबजुद पनि अहिले भरतपुर–१० मा रहेको अनमोल आरोग्य केन्द्र अवैध रुपमा सञ्चालनमा छ ।

जिल्लास्थित आयुर्वेद औषधालयमा दर्तासम्म नभएको पनि अनुगमनका क्रममा भेटिएको छ । गुणस्तरीय सेवाको सट्टा विज्ञापनको प्रयोग गरी बिरामी ठग्ने धन्दा अनुगनको क्रममा पर्दाफास भएको छ । 

टोलीले अनमोल आरोग्य केन्द्र, बैद्धिक आयुर्वेद प्रालि र पतञ्जली चिकित्सालयमा अनुगमन गर्दा ३ वटै केन्द्रहरु कानुन विपरित दर्ता नगरी सञ्चालन गरेको, एक स्थानमा सञ्चालन गर्ने भनेर अर्को स्थानमा सञ्चालन गरेको पाइएको छ । यस्तै, एउटाको नाममा फार्मेसी दर्ता गरेर अर्को ब्यक्तिले चलाएको, एउटा स्थानमा फार्मेसी चलाउने भनेर स्वीकृती लिई अर्को स्थानमा चलाएको पाइएको छ ।

संयुक्त अनुगमन टोलीले गरेको अनुगमनका क्रममा भरतपुरमा रहेको अनमोल आयुर्वेद केन्द्रले स्वीकृती विना नै ल्याब सञ्चालन गरेको, शाखा बिस्तार गरेको, विरामी परीक्षण गर्दै आएको, होमियोपेथिक उपचार सञ्चालन गरेको पाइएको हो ।

प्रशासनलको टोलीले अनमोल आरोग्य केन्द्रको ल्याव र क्लिनिक तत्काल बन्द गर्न भनेको छ ।

चितवनका बिभिन्न स्थानिय टेलिभिजनमा नानाथरी बिज्ञापन बजार बिरामीहरू आकर्षित गर्दै आएका यि सँस्था अवैध रूपमा सञ्चालन गरि बिरामीको स्वास्थ्यमाथि गम्भिर खेलवाड गरिएको जिल्ला आयुर्बेद केन्द्रका कविराज हरि आर्यालले जानकारी दिए । अनमोलको फार्मेसी ६७ सालपछि नविकरण नभएको पाइएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिए । त्यसैगरी, भरतपुर ९ मा दर्ता फार्मेसी स्वीकृती लिई भरतपुर १० मा संस्था सञ्चालन भएको पाइएको हो ।

त्यस्तै, भरतपुर–४ लायन्सचोक नारायणगढमा सञ्चालनमा रहेको वैदिक आयुर्वेदिक सेवा प्रालि अवैध रूपमा दर्ता नै नगरि सञ्चालन गरेको पाइएको छ । अर्को सस्थाको नाममा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गरि बैद्धिक आयुर्बेद प्रालिका नाममा सञ्चालनमा रहेको छ । यसले पनि जिल्ला आयुर्वेद केन्द्रबाट सेवा सञ्चालनको स्वीकृती लिएको छैन् ।

भरतपुर उपमहानगरपालिका –२२ मा स्वीकृती लिएपनि भरतपुर ४ मा बेलचोकमा सञ्चालन गरेको जुन स्थानका लागि सञ्चालनको अनुमति लिइएको हो त्यही स्थानबाट सञ्चालन गर्न निर्देशन प्रशासनले दिएको छ । कम्पनी रष्जिट्रारको कार्यालयबाट सस्था सञ्चालनको स्वीकृती लिएपनि, सेवा सञ्चालनको अनुमति जिल्ला आयुर्वेद केन्द्रबाट लिनुपर्ने हुन्छ ।

बैद्धिक आयुर्बेद केन्द्रले चितवनका बिभिन्न स्थानिय टेलिभिजनमा अनावश्यक भ्रम फैलाउने र गलत सन्देश प्रवाह गर्ने कानुनबिपरित विज्ञापन प्रकाशन तथा प्रशारण गर्ने गरेको अनुगमनका क्रममा भेटिएको छ ।

त्यसैगरी, पतञ्जली चिकित्सालयमा गरिएको अनुगमनका क्रममा दर्ता भएको नाममा बोर्ड नराखेको, सञ्चालन स्वीकृतीको अनुमति नलिई अवैध रूपमा सञ्चालन गरेको पाइएको छ । १० वेडसम्मको उपचार केन्द्र वा चिकित्सालय दर्ता जिल्ला आयुर्वेद केन्द्रमा गर्नुपर्ने व्यवस्था स्वास्थ्य सस्था स्थापना, सञ्चालन, स्तरोन्नति मापदण्ड सम्वन्धि निर्देशिका २०७० मा उल्लेख छ ।

पतञ्जली चिकित्सालय दर्ता नै नगरि सञ्चालनमा ल्याएको पाइयो, बजार संरक्षण अधिकृत नेत्र प्रसाद शर्माले भने, नियमित विपरित सञ्चालन भएका आयुर्वेदिक स्वास्थ्य संस्थाहरुलाई तीन दिन भित्रमा प्रकृया पूरा गर्न निर्देशन छ । निर्देशनको पालना नगरि अवैध रूपमा चलाउने छुट उनीहरुलाई छैन्, शर्माले अगाडी भने, 'अट्टेरी गरि सञ्चालन गरे बन्द नै गरिन्छ ।'