मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

न्युयोर्कमा नेजा-सदस्यता वितरण एवं नविकरण कार्यक्रम सम्पन्न

न्युयोर्कमा नेजा-सदस्यता वितरण एवं नविकरण कार्यक्रम सम्पन्न


नेपाल अमेरिका पत्रकार सङ्घ, नेजाको आगामी मे ७ र ८ मा हुने नेजाको पाँचौ अधिवेशनलाई लक्षित गरी सदस्यता वितरण एवं नविकरण कार्यक्रम न्युयोर्कमा आयोजना गरियो । गत मङ्गलवार ज्याक्सन हाईट स्थित थकाली किचनमा आयोजित उक्त कार्यक्रममा उपस्थित पत्रकारहरुलाई सदस्यता फर्म वितरण गरिएको थियो । नेजाका महासचिव समेत रहेका सदस्यता वितरण छनौट समितिका संयोजक भोला आचार्यले कार्यक्रममा उपस्थित पत्रकारहरुलाई स्वागत गर्दै नयाँ सदस्यता लिन र नविकरणमा सहभागी भईदिन आग्रह गरेका थिए । सो कार्यक्रममा नेजाका सल्लाहकार समेत रहेका निवर्तमान अध्यक्ष आडछिरिड शेर्पाले नेजा उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरुको साझा संस्था भएको वताउदै पेशाकर्मीहरुको हितका लागि सङ्गठनको आवश्यकता भएको बताए । नेजाका क्षेत्रीय उपाध्यक्ष भुपेन्द्र थापाले सङ्गठित भएर पेसामा लाग्दा मिडियाकर्मी र समाज दुवैको हित हुने कुरामा जोडदिए । कार्यक्रममा कार्यकारी सदस्य तेम्वादोडवा हेल्मोले नेजा आफैमा पत्रकारहरुको गौरव भएकोले यसको विकास र विस्तारमा लाग्न सबैलाई आग्रह गरे । नेजाका पूर्व पदाधिकारीहरू चन्द्र खतिवडा, गीता पन्त लगायत दर्जन बढी पत्रकारहरुको उपस्थिति रहेको थियो । 
 
नेजाको विधान अनुसार अधिवेशनको एक महिना पहिले नै सदस्यता लिईसकेको,नवीकरण गरिसकेको र सदस्यता शुल्क तिरिसकेको सदस्यले मात्र आफ्नो मताधिकार प्रयोग गर्न,उम्मेदवार बन्न वा समर्थक,प्रस्तावक बस्न पाउनेछ । नयाँ सदस्यताको लागि मिडियामा प्रकाशित एवं प्रसारित दुई वटा समाचार सामाग्री तथा लेखसहित आफ्नो विवरण खुलाएर सदस्यता आवेदन दिन सकिने छ । नयाँ सदस्यता लिन तथा नविकरणको लागि संस्थाको वेभसाईट neajausa.org/np/membership मार्फत् पनि अनुरोध गर्न सकिने छ । 
 
नेजाको सदस्यता शुल्क नविकरण शुल्क: ५० डलर नयाँ सदस्य: ५० डलर (दुई वर्षका लागि) नयाँ सदस्यता तथा नविकरणवापत लाग्ने शुल्क हाम्रो पे पाल एकाउन्ट  Paypal.com मार्फत तिर्न सकिने छ ।