मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भरतपुर नगर सभापतिमा चारजनाको भिडन्त

भरतपुर नगर सभापतिमा चारजनाको भिडन्त


चितवन, १६ माघ । नेपाली काँग्रेसको नगर सभापति चुनावका लागि भरतपुर उपमहानगरपालिकामा चारजनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरुमा भरत अधिकारी, मिलनबाबु श्रेष्ठ, श्यामप्रसाद लामिछाने र हिरामणि अधिकारी रहेका छन् । 
 
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार नगरसचिव पदका लागि किशोर गुरुङ र प्रल्हाद उप्रेतीको उम्मेदवारी परेको छ । नगर सभापति छान्नका लागि ९ हजार ७ सयले मतदान गर्नेछन् । त्यस्तै नगरकोषाध्यक्षका लागि कमला बराल र कृष्णप्रसाद बगालेको उम्मेदवारी परेको छ । यसै पदका लागि उम्मेदवारी दिएका अशोकप्रसाद लामिछानेले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।
 
त्यस्तै ८ जना नगर सदस्यका लागि १४ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरुमा अमृत अधिकारी, चन्द्रकान्त तिमिल्सिना, जीवनाथ कँडेल, टीकाराम लामिछाने, तीर्थराज पोख्रेल, तुलसीराम ओली, निलकण्ठ लामिछाने, प्रशान्त अधिकारी, प्रेमराज सुवेदी, बुद्धि न्यौपाने, मेनुका रिमाल, यूकुमार गुरुङ, सन्तबहादुर केसी र हरिबहादुर परियार रहेका छन् ।
 
दलित क्षेत्रीय प्रतिनिधिमा क्षेत्र नम्बर ३ बाट २ जनाको लागि ४ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरुमा विपेन्द्र रामुदामु, मनमाया परियार, राजाराम परियार र शान्ति परियार रहेका छन् । त्यस्तै क्षेत्र नम्बर ४ बाट दलित प्रतिनिधिका लागि मनबहादुर विक, मानबहादुर नेपाली र मीनबहादुर विश्वकर्माको उम्मेदवारी परेको छ । आदिवासी जनजाति क्षेत्र नम्बर ३ बाट २ जनाका लागि ५ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरुमा गणेश गुरुङ, निर्मल लामा, प्रेमकुमारी तामाङ, राजेन्द्र थिङ र सूर्यप्रसाद श्रेष्ठ रहेका छन् ।
 
त्यस्तै क्षेत्र नम्बर ४ बाट यसै कोटामा दीपककुमार राना र प्रकाश गुरुङको उम्मेदवारी परेकोमा दुवैजना निर्विरोेध बनेको निर्वाचन समितिले जनाएको छ । क्षेत्र नम्बर ४ का मधेसी, मुस्लिम, अल्पसंख्यक वा पिछडिएको वर्गबाट जुम्मदिन मियाको उम्मेदवारी परेकोमा उनी निर्विरोध चयन भएका छन् । यसै कोटामा क्षेत्र नम्बर ३ बाट ७ जनाको उम्मेदवारी परेको छ । जसमा गणेश ठाकुर, बैजु ठाकुर, महमद अविद शाह, महमद अलि मियाँ, युसुफ दिन मिया, रामगति गुप्ता र सत्यनारायण राउत रहेका छन् ।