मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा नेपाली रक्तदाताको सम्मेलन हुँदै

अमेरिकामा नेपाली रक्तदाताको सम्मेलन हुँदै


हिमालय खवर संवाददाता I
 
ब्लड डोनर्स अफ अमेरिकाले नेपाली समुदायमा रक्तदानका विषयमा जनचेतना जगाउन आउँदो मे अन्तिम साता ड्यालसमा सम्मेलन आयोजना गर्ने भएको छ ।
 
आफ्ना गतिविधिलाई अझ विस्तृत वनाउन छलफल गर्नु उद्देश्यले मे २७ देखि २९ सम्म सम्मेलन आयोजना गर्न लागिएको सम्मेलनका आयोजक (कन्भेनर) डा. नन्द रेग्मीले बताए। अमेरिकाका ५० वटै स्टेटवाट सम्मेलनमा प्रतिनिधित्व हुने उनले जानकारी दिए । 
 
एक पटक रक्तदान गरेपछि उक्त संस्थाको सदस्य हुन सकिन्छ । स्वास्थ्यका कारण रक्तदान गर्न नमिल्ने पनि संस्थामा आवद्ध हुन सक्छ । हाल सम्म संस्थामा ३०० जना भन्दा बढी सदस्य रहेको ब्लड डोनर्स अफ अमेरिका अध्यक्ष डा.लिला कार्की ले हिमालय खबर संगको  कुराकानीमा  वताए ।
 
उक्त संस्थाले अहिलेसम्म २ सय पटक रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ । यसमा झण्डै ५५ सय व्यक्तिले रक्तदान गरेको संस्थाले जनाएको छ ।  हामी प्रवासीहरु पनि अमेरिकी समाजको जीवनका सवै पक्षसंग जोडिन चाहन्छौ संस्थाका वरिष्ठ उपाध्यक्ष डा बिष्णु फुँयालले भने सेवाको भावना राखेर समाजको भलाईका लागि हामीले पहल गरिरहेका छौं । सम्मेलनमा विगतका कामको समिक्षा र आउने रणनीति तय गरिने संस्थाका पदाधिकारीहरुले जनाएका छन् । 
 
 
 रक्तदान गर्न आउनेको प्राथमिक स्वास्थ्य परिक्षण पनि हुन्छ । उक्त संस्थाका टेक्सस स्टेट कोर्डिनेटर बासु श्रेष्ठले भन्ने यसले मानिसहरुमा स्वास्थ्य प्रति सचेत पनि वनाउंछ र केही रोगहरु रहेछन भने पनि थप चेकपक गर्न अभिप्ररित गर्छ ।रक्तदान गर्न आउनेले ४०, ४५ प्रश्नको जवाफ फारममा भर्नु पर्छ । परिचयपत्र पनि आवश्यक पर्छ ।
 
कसैले दिएको रगत अरुलाई चढाउने हो त्यसवेला दिने मानिसको रगतको पुरा चेकचांज हुन्छ यति केही समस्या देखिए गोप्य रुपमा सम्वन्धित व्यक्तिलाई जानकारी पनि दिइन्छ संस्थाका टेक्सस स्टेट कोषाध्यक्ष शिव काफ्ले  भने त्यसैले आफ्नो स्वास्थ्य स्थिति ठिक छ छैन जान्न पनि रक्तदान सहयोगी हुन्छ । 
 
टेक्सासको ड्यालसमा नेपाली समुदायको ठुलो वसोबास भएकालेपनि यहां सम्मेलन गर्न लागिएको आयोजकले जनाएका छन् । स्थानिय समुदायवाट ठुलो सहयोग हुन्छ भन्ने हाम्रो आशा छ टेक्सस स्टेट कोर्डिनेटर श्रेष्ठले भने । 
 
संस्थाले नेपालमा गत बैशाखमा गएको महाभुकम्पका बेला नेपालमा रगत अभाव भए यहावाट पठाउन पनि पहल गरेको थियो । तर, नेपालवाट त्यस्तो अभाव नभएको भन्ने जानकारी आएपछि पठाउनु परेन सस्थाका केन्द्रिय सदस्य डा. रेग्मीले भने । 
 
एकजनाले दिएको रगतवाट तिन जनाको जीवन रक्षा हुने सम्मेलन आयोजक सचिव लिला श्रेष्ठले जानकारी दिए । शरिरमा नष्ट हुने रगत दिदां व्यक्तिलाई फाइदा हुन्छ संस्थाका टेक्सस स्टेट मिडिया प्रसन विकासराज न्यौपानेले  भने यसवारेमा जानकारी दिन र समुदायलाई रक्तदान प्रति जागरुक वनाउन संस्था लागि परेको छ । उक्त संस्थालाई ह्वाइट हाउसवाट राष्ट्रपती बाराक ओबामाको हस्ताक्षरमा प्रशंसापत्र पनि प्रदान गरिएको छ ।