मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधानको पालक र संरक्षकको जिम्मेवारी पूरा गर्छु – राष्ट्रपति भण्डारी

संविधानको पालक र संरक्षकको जिम्मेवारी पूरा गर्छु – राष्ट्रपति भण्डारी


काठमाडौँ, १५ माघ । राष्ट्रपति विद्या भण्डारीले स्थानीय निकाय, संसद् र सङ्घीय प्रदेशसभाको निर्वाचन भई संविधान सहज कार्यान्वयन भएमा आफ्नो जिम्मेवारी पूरा हुने बताउनुभएको छ । 
 
मुलुकको सर्वाेच्च गरिमामय राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु भएकामा कार्यकालको सफलता र बधाई ज्ञापन गर्न राष्ट्रपति भवन शितल निवास गएका संसद् विटमा कार्यरत पत्रकारको जिज्ञासामा उहाँले सो कुरा बताउनुभएको हो ।
 
प्राकृतिक स्रोतसाधन, भौगोलिक र सामाजिक विविधताले भरिपूर्ण नेपालमा विकासको प्रचूर सम्भाव्यता रहेको बताउँदै राष्ट्रपति भण्डारीले देशमा शान्ति र राजनीतिक स्थायित्व कायम गरेर जलस्रोत, कृषि, पर्यटन र वनक्षेत्रका माध्यमबाट समृद्धिको मार्ग खोज्नुपर्छ भन्नुभयो ।
 
जिम्मेवार राजनीतिलाई विकाससँग जोडेर अघि बढनुपर्छ भन्दै उहाँले परनिर्भरतालाई अन्त्य गर्ने क्रममा अहिले देखिएका अस्थायी समस्या केही समयपछि हटेर जाने विश्वास व्यक्त गर्नुभयो ।
 
राज्य ठूलो होस् वा सानो होस् राष्ट्र र लोकतन्त्रको एउटै परिभाषा हुन्छ भन्दै राष्ट्रपति भण्डारीले प्राकृतिक, सांस्कृतिक तथा सामाजिक विविधता भएको सङ्घीयता हुनुपर्छ भन्नेबारेमा आवश्यक छलफल र गृहकार्य नपुग्दा अहिलेको समस्या देखापरेको हो भन्नुभयो ।
 
संविधानमा नपुग भएका विषयवस्तु संशोधन प्रक्रियाबाट समाधन खोज्नुपर्छ भन्दै उहाँले मुलुकमा देखिएका समस्या समाधानको प्रयासमा सरकार लागिपरेको छ भन्नुभयो ।
 
एउटा विचार र समूहमा रहेर विगतमा पूरा गरिएको भूमिका र सबैको सहयोग र सद्भावमा देशको सर्वाेच्च गरिमामय पदमा रहेर गर्नुपर्ने जिम्मेवारी निकै फरक र गहन रहेको उहाँले बताउनुभयो ।
 
राष्ट्रपति भण्डारीले संविधानको पालक र संरक्षकका हैसियतले संविधानले दिएको जिम्मेवारी अनुरुप राष्ट्रियताको सम्वद्र्धनमा आफूले काम गरिरहेको उल्लेख गर्नुभयो । रासस