मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भ्रमको पछि नलाग्नुस्: जनसम्पर्क समिति अमेरिका

भ्रमको पछि नलाग्नुस्: जनसम्पर्क समिति अमेरिका


अमेरिका, जनवरी २८/ नेपाली जनसम्पर्क समिति अमेरिकाका विषयमा बिभिन्न संचार माध्यममा आएका समाचारप्रति आपत्ति जनाउँदै सत्यतथ्य बाहिर ल्याउन संस्थाले चुनौति दिएको छ।
 
 
जनसम्पर्क समिति अमेरिकाले बुधबार सार्वजनिक गरेको वक्तव्यमा समिति र त्यसका पदाधिकारीलाई जोडेर प्रकाशित समाचारप्रति घोर आपत्ति जनाउँदै त्यस्ता मिडियाले …विश्वसनियता गुमाएको' समेत उल्लेख गरेको छ। संस्थाका अध्यक्ष आनन्द विष्टद्वारा जारी विज्ञप्तीमा भनिएको छ–…स्तरहीन र कसैको चरित्र हत्या गर्ने किसिमले प्रायोजित ढंगका समाचार प्रकाशन गरेर जिम्मेवार संचार माध्यमले आफ्नो विश्वसनीयता मात्र गुमाएका छैनन्,राज्यको चौथो अंगको रुपमा सम्मानित पेशाकाप्रति समेत प्रश्न उठाउने अवस्था सिर्जना गरिदिएका छन् ।
 
संस्थाले भूकम्प पीडितलाई उठाएको रक़म हिनामिना गरेको भनि यस संस्थाका जिम्मेवार व्यक्तिहरूलाई मुछेर लगाइएको आरोप अत्यन्त कपोलकल्पित र आधारहीन रहेको समेत जनाएको छ । समिति पत्रकारिता पेशामा आवद्ध सबै संचारकर्मीहरुको योगदानको उच्च सम्मान गर्दै अएको उल्लेख गर्दै सम्मानित पेशामा आवद्ध केही व्यक्ति विशेष र संचार माध्यमका गलत क्रियाकलापले गर्दा कतिपय अवस्थामा सम्पूर्ण पेशाका प्रति नै प्रश्न उठ्ने गरेको समेत जनाएको छ ।
 
पछिल्ला समयमा जनसम्पक समितिका पदाधिकारीहरूनै एक अर्कालाइ लान्छना लगाउँदै हिडेका छन् । यसले संस्थाको वदनामी हुनुका साथै जनमानसमा समेत नकारात्मक भावना पैदा भएकाले सजग हुन संस्थाले अपिल गरेको छ । संस्था र पदाधिकारीले नाजायज काम गरेका छन् भने बाहिर ल्याउन समेत सभापति विष्टले चुनैति दिएका छन् ।