मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेसको महाधिवेशनपछि सहमतीय सरकार

काँग्रेसको महाधिवेशनपछि सहमतीय सरकार


भक्तपुर, १५ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली काँग्रेसको महाधिवेशनपछि सहमतीय सरकार गठन हुने जिकिर गर्नुभएको छ । 
 
रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले सहमतीय सरकारमा मधेसकेन्द्रित दल, एकीकृत नेकपा९माओवादी० र अन्य दलको सहभागिता रहने बताउनुभयो । 
 
काम गर्नेको मूल्याङ्कन नभएको गुनासो
 
नेपाली काँग्रेस मध्यपुरथिमि नगर समितिले आयोजना गरेको ‘१२औँ महाधिवेशनपछिको काँग्रेस’ समीक्षा कार्यक्रम आज सम्पन्न भएको छ । 
 
बाह्रौँ महाधिवेशनपछि काँग्रेसले लिएको प्रतिबद्धता पूरा गर्न सक्यो कि सकेन, काँग्रेसमा के कस्तो कमजोरी रह्यो र आगामी दिनमा काँग्रेस कसरी अगाडि बढ्नुपर्छ भन्नेबारेमा कार्यकर्ता माझ व्यापक छलफल गर्ने उद्देश्यले समीक्षा कार्यक्रम आयोजना गरिएको काँग्रेस मध्यपुर नगर सभापति अष्टकुमार कँवाले जानकारी दिनुभयो ।
 
कार्यक्रममा गत वैशाख १२ गते र त्यसपछिका भूकम्पले भक्तपुरमा धनजनको क्षति पु¥याउँदा काँग्रेस जिल्ला कार्य समितिले राहत वितरणको कार्यक्रम ल्याउन नसकेको भन्दै सहभागी कार्यकर्ताले जिल्ला नेतृत्वको क्षमतामा प्रश्न उठाएका थिए ।
 
भूकम्पमा नेपाली काँग्रेस मध्यपुर नगरसमितिले मध्यपुर नगरपालिका, भक्तपुर नगरपालिकासँगै जिल्लाका छ वटै नगरपालिकामा रु ३० लाखभन्दा बढीको खाद्यान्न, लत्ताकपडा, जस्तापाता, त्रिपाल, पाललगायत राहत सामग्री वितरण गरेर सामाजिक दायित्व पूरा गरेको भन्दै कार्यक्रममा सहभागीले पार्टी सामाजिक कार्यमा पनि अग्रसर हुनुपर्ने आँल्याएका थिए । 
 
सो अवसरमा सांसद रामेश्वर ढुङ्गेलले काँग्रेसको महाधिवेशन र जिल्ला अधिवेशन नजिकिँदै गर्दा देशको ठूलो पार्टीका रुपमा रहेको काँग्रेसभित्रको आन्तरिक कलहका कारण कार्यकर्तामा विचलन आएको बताउँदै भक्तपुर काँग्रेसलाई विचलनबाट जोगाउने नेतृत्वको खाँचो औँल्याउनुभयो । 
 
कार्यक्रममा नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले पार्टी नेतृत्वले केन्द्रदेखि जिल्ला तहसम्म कार्यकर्ताले पु¥याएको योगदानको उचित मूल्याङ्कन नगरेको गुनासो गर्नुभयो । काँग्रेस महासमिति सदस्य सन्तोष भट्टराई, मुरारीप्रसाद आचार्य, हरिदास प्रजापति लगायतले काँग्रेसको गाउँ तहदेखि नगरक्षेत्र र जिल्ला तहसम्म काँग्रेसलाई सही ढङ्गले हाँक्न सक्ने व्यक्तिलाई कार्यकर्ताले नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिनुभयो । रासस