मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाबाट राजदूत ड़ा कार्कीको पहलमा पठाइएको ५० टन भूकम्प राहत नेपालमा

अमेरिकाबाट राजदूत ड़ा कार्कीको पहलमा पठाइएको ५० टन भूकम्प राहत नेपालमा


खेम भट्टचन, वासिङ्टन डिसी I
अमेरिकाका लागी नेपाली राजदूत ड़ा० अर्जुन कुमार कार्कीको प्रयासमा भूकम्प पीडितलाई पठाइएको ५० टन राहतको सामाग्री नेपाल पुगेको छ l त्रिपालमा बसेका भूकम्प पीडित नेपाली फेरी हिमपातको जाडोको मारमा परेकाले,जाडोमा लगाउने न्यानो लुगा र कम्मल अमेरिका देखी पठाइएको हो l पचास टन न्यानो लुगा र कम्मल बोकेर अमेरिका देखी नै चार्टर जहाज नेपाल पुगेको हो l ५० टन राहतका सामाग्री बोकेको चार्टर जहाजलाई राजदूत ड़ा. कार्कीले गत: हप्ता अमेरिकाको नर्थ क्यारोलिनाको डग्लस् अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका थिए l 
अमेरिका देखी गएको चार्टर जहाज नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेपछी काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरले राहतका सामाग्री सगरमाथाको तल हेलम्बु पुर्यायो l सेतो हिउँले पुरिएका गाउँहरू मध्येको अति गरिब बस्ती यार्षा गाउँका भूकम्प पीडित हजारौँ नेपालीलाई अमेरिकाको कम्मल, ज्याकेट, जुत्ता, मोजा, ऊनको टोपी,पन्जा/ग्लोब र जाडोमा लगाउने अन्य न्यानो लुगाहरु भएको एक एक बोरा लुगा सबैलाई वितरण गरियो l
हेलिकप्टर ऊत्रनु अघि देखी नै हजारौँ भूकम्प पीडित लामबद्ध भएर बसेका थिए र  सबैले एक एक बोरा लुगा पाएपछी – निलो रङको स्लिपिङ्ग ब्याग जस्तै पछाडि बोक्न मिल्ने बनाइएको राहतका बोरा बोकेर खुसी हुँदै हजारौँ नेपालीहरू हेलीकप्टर बसेको डाँडाबाट आ-आफ्नो घर (त्रिपाल)  तर्फ लागेका थिए l 
 
हिमपातले दुख: पाएका भूकम्प पीडित नेपालीलाई न्यानो लुगा वितरण गर्न अमेरिका देखी नै राहतको सामाग्री बोकेर गएका अमेरिकन गोराहरूलाई प्रीति घिमिरे नाम गरेका नेपाली महिलाले अमेरिकनहरुले बोलेको अङ्ग्रेजीलाई नेपाली भाषामा र नेपालीले बोलेको नेपालीलाई  गोराहरुलाई अङ्ग्रेजीमा अनुवाद गर्ने गरेकी थिइन् l यसरी, राहतको सामाग्री नेपाल पठाउने सहयोगी संस्था थियो अमेरिकाको नर्थ क्यारोलिना  हेड क्वार्टर भएको अन्तर्राष्ट्रिय च्यारिटी संस्था सामारीटन्स पर्स l 
संसारभरि आपत् बिपत पर्दा १०० भन्दा बढी मुलुकमा यस्तो मानवीय सहयोग गरिसकेको  दयालु संस्था सामारीटन्स पर्स का प्रेसिडेन्ट फ्र्यांकलिन ग्य्राहम र अमेरिकाका लागी महामहिम  नेपाली राजदूत ड़ा. अर्जुन कुमार कार्की दुवै जनालाई अमेरिकाबासी नेपालीहरूको तर्फबाट बिआरटी नेपाल डट कम परिवार हार्दिक आभार व्यक्त गर्दछ lफोटो साभार: नेपाली दूतावास-वासिङ्टन डिसी र समिरिटन्स डट ओआरजी