मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जहाजमा बम रहेको हल्ला फैलिएपछि उडानमा ढिलाइ

जहाजमा बम रहेको हल्ला फैलिएपछि उडानमा ढिलाइ


काठमाडौँ । नयाँ दिल्लीबाट काठमाडौं उड्ने तयारीमा रहेका जहाजमा बम भएको हल्ला फैलिएपछि उडानमा ढिलाइ भएको छ । 
 
अज्ञात व्यक्तिले जेट एयरलाइन्स र एयर इन्डियाका जहाजमा बम भएको फोनमार्फत जानकारी दिएपछि उडान रोकिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । बम रहेका भनिएका जहाजमा बम डिस्पोजल टोली खटाइएको छ ।
 
सोमबार पनि काठमाडौं उड्न लागेको जहाजमा बम भएको हल्ला चलेपछि उडान रोकिएको थियो । मंगलबार भारतको गणतन्त्र दिवस लक्षित गरेर आतंकवादी समूहले त्रास फैलाउन यस्ता हल्ला चलाउने गरेका अधिकारीहरूले जनाएका छन् ।
 
गणतन्त्र दिवसका सन्दर्भमा हिंसा र आतंक फैलाउने गतिबिधि हुनसक्ने संभावना ध्यानमा राख्दै भारतको राजधानी दिल्लीलगायत प्रमुख सहरहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।