मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगर सभापतिमा भरत खनालको उम्मेदवारी घोषणा

नगर सभापतिमा भरत खनालको उम्मेदवारी घोषणा


चितवन, १३ माघ । नेपाली कांग्रेस रत्ननगर नगर सभापति पदको लागि नेताहरुले एकपछि अर्को गर्दै उम्मेदवारी घोषणा गरिरहेका छन् ।

सभापति पदको लागि चर्चामा रहेका पाँच जनामध्ये तीनले पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारी घोषणा गरेका हुन् ।

सभापति पदका दावेदार कांग्रेसका युवा नेता भरत खनालले बुधबार रत्ननगरमा पत्रकार सम्मेलनको गरेर औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका छन् ।

‘नगर सभापति पदमा उम्मेदवारी दिने तयारी गरिरहेका सबै साथीहरुको योगदान पार्टीमा राम्रो छ’, उनले भने, ‘पाँच जनामध्ये यस पटक कार्यकर्ताले आफ्नो नेतृत्व चाहिरहेका छन् ।’ 
कांग्रेसका पुराना र युवा कार्यकर्ताहरुको सल्लाहबमोजिम आफूले नगर सभापतिमा उम्मेदवारी दिन तयारी गरिरहेको उनको भनाइ रहेको छ ।

केन्द्रीय राजनीतिमा समेत आफूले लामो अनुभव सँगालिरहेको भन्दै उनले आफ्नो अनुभवलाई पार्टीको संगठन विस्तार र रत्ननगरको विकासको लागि लगाउने उनले बताए ।

माघ १५ र १६ गते हुने नगर अधिवेशनको लागि खनालसहित महेशप्रसाद रौनियार, गोविन्द गौतम, रुपनराज घिमिरे र सम्मरबहादुर मल्लको नाम चर्चामा छ ।