मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रत्ननगर महोत्सवको तयारी पूरा, उपराष्ट्रपतिले उद्घाटन गर्ने

रत्ननगर महोत्सवको तयारी पूरा, उपराष्ट्रपतिले उद्घाटन गर्ने


चितवन, १३ माघ । रत्ननगर महोत्सव २०७२ माघ १४ गते बिहीबारदेखि टिकौली चौरमा सुरु हुदैछ । महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिकाले सयुक्त रुपमा आयोजना गरिएको सो महोत्सव उद्घाटन हुनु पूर्व नेपाल उच्च माविवाट शोभायात्रा निकालिने छ । चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यको विकास र प्रर्बधन गर्ने उद्देश्यले आयोजना गरिएको सो महोत्सवमा ४५० वटा स्टरहरु राखिएको छ ।

महोत्सवमा बैकल्पिक उर्जाको मात्र १५ वटा स्टलहरु रहेका छन् । यस बर्ष महोत्सवमा कृषि, पर्यटन र बैकल्पिक उर्जालाई प्राथमिकला दिइएको महोत्सव मुल समारोह समितिका संयोजक बिसुरालले बताए ।

महोत्सवले चितवनको आर्थिक सम्भावनाहरुको खोजी एवम् प्रवद्र्धन गर्दै सांस्कृतिक, सामाजिक र ऐतिहासिक धरोहरहरुको प्रवद्र्धन र सम्वद्र्धनमा भूमिका खेल्ने उनको भनाइ रहेको छ ।

यस पटकको महोत्सवमा ४ लाख पचास हजारभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २० करोडभन्दा बढीको कारोबार हुने अपेक्षा र अनुमान गरिएको उनले जानकारी दिए ।

माछापालन व्यवसायको प्रर्वद्धनको लागि महोत्सवमा माछाको भूराको प्रर्दशनी, अत्याधुनिक माछासहितको पोखरी, माछालाई आवश्यक पर्ने औषधि तथा दानाका स्टलहरु, चेतनामुलक सामग्री, श्रव्यदृश्य तथा सेमिनार गरिने छ । महोत्सबमा पर्यटन प्रवद्र्धनका कार्यक्रमअन्र्तगत चितवनका प्रमुख पर्यटकीय गन्तव्य सौराहा, चेपाङ पहाडी पदयात्रा मार्ग, सिराइचुली, उपरदाङगढी, रत्ननगर क्षेत्रका टिकौली ताल, चेपाङ ताल, बिसहजार ताल, टिकौलीमा रहेको जैविक विविधता सुचना केन्द्रको प्रचारप्रसारको व्यवस्था मिलाइएको संयोजक बिसुरालले बताए ।

महोत्सवअन्र्तगत माघ २१ देखि २३ गतेसम्म टाँडीचोकमा चिकेन फेस्टिबल गरिने छ । यसैगरी रत्ननगर महोत्सवमा यस वर्ष याक, अस्टिज र उट प्रर्दशनीमा राखिएको छ । महोत्सवमा दर्शकलाई नयाँ पनि दिन पहिलो पटक याक,अस्टिज र उट प्रर्दशनीमा राख्न लागिएको हो ।

महोत्सवमा यस पटक विदेशी प्रर्दशक सहभागी भएका छन् । महोत्सवकै इतिहासमा पहिलो पटक विदेशी प्रर्दशक सहभागी भएको संघका उपाध्यक्ष राजाराम रेग्मीले बताए । महोत्सवमा चीन, बंगलादेश, पाकिस्तान, जापान र भारतका व्यवसायीहरु सहभागी हुन लागेको उपाध्यक्ष रेग्मीले बताए ।

महोत्सवअन्र्तगत चितवनमा विशेष आर्थिक क्षेत्र स्थापना र यसको सम्भावन, सहुलीयत कृषि कर्जा तथा बीमा नीति र कायान्वयन प्रक्रिया र चितवन एक ग्लोवल सिटी विषयक सर्वपक्षिय अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको गोष्ठी तथा सेमीनार समितिका संयोजक ईश्वरीप्रसाद अर्यालले जानकारी दिए ।

कृषिको प्रवद्र्धनको लागि माछा, पोल्टी, तरकारी खेतीको स्थलगत अबलोकन गर्ने कार्यक्रम तय गरिएको संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी दिए । महोत्सव माघ २४ गतेसम्म चल्ने छ ।