मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बालकुमारीका पूर्व विद्यार्थी द्धारा अमेरिकामा गुरुआमा सम्मानीत (फोटो फिचर/भिडियो सहित )

बालकुमारीका पूर्व विद्यार्थी द्धारा अमेरिकामा गुरुआमा सम्मानीत (फोटो फिचर/भिडियो सहित )


बालकुमारी उच्च मावि नारायणगढ चितवनका पुर्व विद्यार्थी द्धारा आफनो गुरुआमा  सरस्वती रिजाललाई सम्मान I
 
हिमालयखवर संवाददाता, टेक्सस I  १९ जनवरी २०१६ ,
चितवन जिल्ला स्थित शिक्षा क्षेत्रमा अग्रणी बालकुमारी उच्च मा.वि नारायणगढ चितवनका  प्राचार्य सरस्वती रिजाललाई टेक्सास स्थित ड्यालसमा उक्त विद्यालयका पुर्व विद्याथीहरुले  कार्यक्रम आयोजना गरि  सम्मान गरेका छन् । 
 
आफ्नो श्रीमान चितवनका समाजसेबी उपेन्द्र रिजालका साथ  अमेरिका भ्रमणमा रहेकी रिजाललाई ड्यालसमा २०४० देखि २०५१  सम्म अध्ययन गरेका पुर्व विद्यार्थी समुहले सम्मान गरेको हो । 
 
२०३० मा चितवन हाइस्कुलवाट रिजालले पढाउन शुरु गरेकी थिइन् । उनले २०३६ साल देखि २०७१ सालसम्म बालकुमारीमा पढाएकी थिईन् । २०६० देखि रिजाल बालकुमारीको प्र.अ पदमा कार्यरत थिईन । शिक्षा क्षेत्रमा ठुलो योगदान दिएको भन्दै पुर्व विद्यार्थीका तर्फवाट रिजाललाई प्रविन घिमिरे, मौसमी श्रेष्ठ लगाएत पुर्व विद्यार्थीहरुले  दोसल्ला ओढाएर सम्मन गरेका थिय। 
पुर्व विद्यार्थीवाट सम्मान पाएकोमा खुशी व्यक्त गर्द रिजालले शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप बढेकाले  गुणस्तरमा हस आएको वताईन । उनले आफ्नो चार दशक लामो अध्यापनका अनुभव पनि पुर्व विद्यार्थीहरु माझ साटेकी थिईन् । 
 
रिजाललाई २०६४ मा उच्च मध्यामिक शिक्षा परिषदले "बर्ष प्राचार्य" वाट सम्मानित गरेको थियो । २०६५ मा उनले "राष्ट्रिय शिक्षा पुरष्कार" पाएकी थिईन । कायर्क्रममा पुर्व विद्यार्थीहरुले पनि प्राचार्य रिजालसंग जोडिएका स्मरणहरु सुनाएका थिए। 
 
उक्त अवसरमा नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेले ड्यालसमा स्वागत गर्दै एनएसटीले संचालन गरिरहेको नेपाली पाठशालालाई आगामी दिनमा स्तरीय वनाउन प्राचार्य रिजाल जस्ता बिज्ञको सुझाव र सहयोगको आवश्यकता रहेको वताए । 
 
कार्यक्रममा प्रमोद अधिकारी, कुशल ज्ञवाली, प्रविन घिमिरे, प्रविन पिया, प्रविन श्रेष्ठ, कमल सापकोटा, सुनिल पिया, किसन पिया, बद्रि श्रेष्ठ, सुमीरा  रिमाल, विकासराज न्यौपाने, लगायत पुर्व विद्यार्थीको सहभागीता थियो ।
 
 कार्यक्रममा नेजसका केन्द्रिय सल्लाहकार अमृत सापकोटा लगाएत एनएसटीका महासचिव कमल सत्याल, कोषाध्यक्ष दिवस थापा, सदश्य सन्तोष विष्ट, र  समाजसेवीहरु शैलेश आचार्य, सुसिल क्षेत्री, सबिता न्यौपाने, मौसमी श्रेष्ठ, इन्द्रिरा भुसाल लगायतको उपस्थिति थियो ।
आफ्नो चार दशक लामो अध्यापनका अनुभव भिडियो सहित