मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकी राष्ट्रपति पदका उम्मेदवारका २०० बाघ

अमेरिकी राष्ट्रपति पदका उम्मेदवारका २०० बाघ


झण्डै दुई सय बाघ आफ्नै वरिपरि देख्न पाइन्छ भन्दा पत्याउनै सकिदैंन।  नेपाल भारत लगायत कयौं ठाउँका घना जंगल सफारीमा बाघ देख्नु पनि दुलर्भ हुन थालिसकेको छ।
 
अमेरिकामा वरिपरि दुईसय बाघ र बाघसँग खेल्ने अवसर पाइन्छ, यो सुन्दा अद्भुत नै लाग्छ।  टेक्सास राज्यको डलासबाट हाइवे ३५ नर्थ हुँदैं झण्डै साढे दुई घण्टा १ सय ३८ माइल मोटरमा गुडेपछि ओक्लोहामा राज्यको वाइनेउड पुगिन्छ। पातलो वस्ती भएको वाइनेउडमा एउटा सानो निजी द जी वाई इन्टरयाक्टीभ जुयोलोजिकल पार्क (चिडियाघर) मा करिब २ सय वाघ लगायतका अन्य केही जनावर छन्। त्यहाँ जनावार हेर्न बनाईएको मचान जस्तै अग्लो स्थानवाट हेर्दा चारै तिर बाघै बाघ देखिन्छ।
यो चिडियाघर जस्तै कतै देखिदैन।  बाघ पालन गर्ने कृषि फार्म जस्तो लाग्छ।
 
त्यहाँ चिडियाघरका कर्मचारीसँगै गएर वाघसँग खेल्ने रहरपनि पुरा गर्न पाइन्छ। बाघलाई खाना खुवाउन मन छ भने त्यहाँ यसको पनि व्यवस्था गरिएको छ। नजिकै कयौं बाघहरू फलामे बारभित्र रिसाएर ओहरदोहर गरिरहेको देख्दा कतै बाहिर आए। एक गासमा शिकार बनाउने त होइन भनेर डर लाग्छ।
 
भारतमा पाइने दुर्लभ सेतो बाघदेखि अफ्रिकामा भेटिने थुप्रै वाघका प्रचातिहरू त्यहाँ भेटिन्छन्। बाघ मात्र होइन सिंह, भालु, चितुवा, चिम्पाञ्जी, बाँदरलगायत थुप्रै अन्य जंगली जनावारपनि त्यहाँ देख्न पाइन्छ।
 
यस्तो दुलर्भ स्थान स्थानीय जनावर प्रेमी जो एक्जोटिकले बनाएका हुन्। जो आफूलाई द टाइगर किङ पनि भन्न रूचाउँछन्।
वाइनेउडमा स्टोर, केन्ट मोटल लगायत व्यवसाय गर्ने नेपाली सुरेश कट्टेल जोका छिमेकी हुन्। दुःख सुखका कुरा सुनाउनपनि जो सुरेशको स्टोरमा दैनिकजसो आईरहन्छन्। सुरेशसँग वाघ हेर्न जाँदा जो ती बाघलाई खाना दिन व्यस्त थिए। काउब्वाई भेषमा देखिने जोसँग हामीलाई स्वागत गर्ने बाहेक बोल्ने फुर्सदसम्म थिएन। उनी बाघ स्याहार्न जतिखेरपनि व्यवस्त देखिन्थे।
 
यहाँ कति बाघ छन्? त्यहाँका कर्मचारी भन्छन् साच्चै मलाई थाहा छैन तल माथि भईनैरहन्छ तर, दुई सय वटा त होलान्। नेपालमा चितवन घर भएका सुरेश भन्छन्, ‘म चितवनको भएपछि यसरी बाघ त कहिलै देखेको थिईन् यहाँ यसरी बाघ देख्दा अचम्म लाग्छ। जोसँग भएका वाघहरू त्यही जन्मिएका वा उद्धार गरेर ल्याईएका हुन्। जोको चिडियाखरमा पस्न २५ डलरको टिकट लाग्छ। जाडोको मौसम र हिउँ परेको त्यहाँ हेर्न आउने खासै थिएनन्। तर, प्रचार प्रसार नहुदाँ यहाँ भीडभाड हुँदैन’ सुरेशले भने।
 
निकै दुःख गरेर जोले बाघ पालेका छन्। चन्दा, विभिन्न दाताबाट सहयोग लिई यी वाघलाई खुवाउनु परेको त्यहाँका कर्मचारीहरु बताउँछन्। एउटा बाघलाई खुवाउन प्रतिसाता २५ डलर लाग्छ। अहिले उक्त चिडियाघरसँग यी बाघलाई खुवाउन सहयोग गर्ने १८ जना छन्। उक्त चिडियाघरले १८७ थप सहयोगी खोजिरहेको छ।
 
यो चिडियाघरमा झण्डै ४० कामदार छन्। जोले पुर्खाली सम्पत्ति समेत लगाएर यो चिडियाखर सञ्चालन गरिरहेका छन्। तर, उनी आफैं पनि क्यान्सरका विरामी हुन्। नियमित अस्पताल पनि गईरहनुपर्छ। तर, उनको सकृयता देख्दा लाग्छ उनको यो वाघ लगायत जनावर प्रेमले बाँच्ने शक्ति दिइरहेको छ।
 
जो आफैं पनि यसै वर्ष हुन लागेको अमेरिकी राष्ट्रपति पदका उम्मेदवारपनि हुन्। उनले स्वतन्त्र उम्मेवार दिने घोषणा गरेका छन्। उनले अमेरिकी राजनीतिमा धुम मच्चाएका रिपब्लिकन पार्टीवाट राष्ट्रपति उम्मेदवार दावी गरेका डोनोल्ड ट्रम्पलाई भिडियो सन्देशपनि पठाईरहन्छन्।  जो सौखिन गायकपनि हुन्। उनले केही एल्बम समेत निकालेका छन्।