मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अष्टिनमा निःशुल्क स्वास्थ्य शिविर

अष्टिनमा निःशुल्क स्वास्थ्य शिविर


टेक्सासको अष्टिनमा पहिलोपटक नेपालीहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रेटर अष्टिन नेपाली सोसाइटी रचनात्मक क्रियाकलाप तथा सांस्कृतिक बिभागद्वारा आइतवार सम्पन्न शिविरमा अष्टिनवासी नेपालीले आफ्नो स्वास्थ्य जाँच गराएका हुन् ।
 
अष्टिनमा बिभिन्न रचनात्मक तथा सामाजिक कार्य गर्दै आएको ग्रेटर अष्ठिन नेपाली सोसाइटीले आइतबार अष्टिनवासी नेपालीहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको ग्रेटर अष्टिन नेपाली सोसाइटी रचनात्मक क्रियाकलाप तथा सांस्कृतिक बिभागका संयोजक कृष्ण जिसीले बताए । निःशुल्क स्वास्थ्य शिविरलाई सिटी अफ अष्टिन र इआइएक्सवाईएसले सहयोग गरेका थिए ।
 
शिविरबाट अपेक्षाकृत अष्टिनवासी नेपालीले स्वास्थ्य लाभ लिएको ग्रेटर अष्टिन नेपाली सोसाइटीका अध्यक्ष गेहेन्द्र के सीले बताए । अष्टिन लेक रोड स्थित हिन्दु मन्दिर परिसरमा सम्पन्न शिविरमा स्वास्थ्य जांच रक्त परिक्षण तथा उपस्थित नेपालीहरुलाई स्वास्थ्य सम्बन्धी जानकारी दिइएको थियो ।
 
चिसो मौसममा बिभिन्न स्वास्थ्य समस्या देखिने तथा नियमित स्वास्थ्य परिक्षणका लागि नर्थ लामारमा इआइएक्सवाईएसले संचालन गरेको निःशुल्क क्लिनिकमा जान ग्रेटर अष्टिन नेपाली सोसाइटीले सबैमा आग्रह समेत गरेको छ ।
 
यसअघि अष्टिनमा रक्तदान कार्यक्रम गरेको ग्रेटर अष्टिनले यस पटक निःशुल्क स्वास्थ्य शिविर गरेको हो । नेपालीहरुका लागि तीन–तीन महिनामा निःशुल्क स्वास्थ्य शिविर गर्ने सोच रहेको संयोजक जिसीको भनाई छ ।