नातिबाब भट्ट, जनवरी १७, २०१६, कोलोराडो, अमेरिका I
नेपाली नयाँ वर्षको अवसर पारेर कोलोराडो निवासी नेपालीहरूले हरेक वर्ष आयोजना गर्ने गरेको “नेपाल डे परेड”लाई भव्यताका साथ सम्पन्न गर्न ५१ सदस्सिय समिति गठन गरिएको छ । कोलोराडो स्थित सङ्घ संस्थाका प्रतिनीघी , गन्यमान्य, पत्रकार, व्यवसायी, कलाकार तथा समाजसेवीहरुको बैठकले परेड कार्यक्रमलाई सफल पार्न शान्ति श्रेष्ठको अध्यक्षतामा ५१ सदस्सिय समिति गठन गरेको हो । आइतबार बोल्डर स्थित शेर्पा रेष्टुरेन्टमा सम्पन्न बैठकमा सबै सङ्घ संस्थाका प्रतिनिधि गन्यमान्य, पत्रकार, व्यवसायी, कलाकार तथा समाजसेवी सदस्य रहेको समिति चयन गरिएको छ ।
भौगोलिक हिसाबले काठमाण्डौं उपत्यकासँग मिल्दो जुल्दो सुन्दर नगर बोल्डरमा आयोजना हुने परेड कार्यक्रम, कोलोराडो स्थित बोल्डर सिटी एण्ड काउन्ट्रिको कार्यालयले सन् २००३ देखि हरेक वर्ष अप्रिल महिनाको तेस्रो साता नेपालीहरूको नयाँ वर्षको उपलक्ष्यमा “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि “नेपाल डे परेड ”कार्यक्रम आयोजना गर्न थालिएको हो ।
अमेरिकामा रहेका पचास स्टेट मद्ये कोलोराडोमा मात्र यस्तो किसिमको कार्यक्रम गर्ने गरिएको छ । नेपालीहरूका दिवस भनेर अमेरिकी सरकारबाट स्वीकृत भएको यो पहिलो सुचीकृत कार्यक्रम हो । बोल्डर नगरमा नेपालीहरूको सङ्ख्या बढ्दै गएपछि नेपालीपन र नेपालको पहिचाहन गराउने उद्धेश्य लिई हेल्पीङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठको सक्रियतामा यो कार्यक्रम सुरु गरिएको हो । आगामी अप्रिल १७ आइतबारका दिन आयोजना हुने “नेपाल डे परेड ” कार्यक्रमलाई भब्यताकासाथ सम्पन्न गर्न आगामी बैठकमा यसको कार्य योजना तयार पारिने बताइएको छ ।
प्रतिक्रिया