मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

साउदी अरब सुरक्षित : नेपाली दूतावास

साउदी अरब सुरक्षित : नेपाली दूतावास


साउदी अरब, ३० पुस । पछिल्लो समय साउदी अरब र इरानबीच बढेको तनावलाई लिएर केही नेपाली अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत नेपाली कामदारलाई त्रसित र आतङ्कित पार्ने गरी फैलाइएको हल्लाको पछि नलाग्न रियादस्थित रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।
 
दूतावासले एक सूचना जारी गरी यस्ता भ्रामक हल्लाका कारण साउदी अरबमा कार्यरत नेपाली कामदारमा त्रासको वातावरण सिर्जना भएको भन्दै साउदीमा कार्यरत नेपाली कामदारलाई सचेत रहन आग्रह गरेको हो । 
 
केही समयअगाडि यमनमा भएको गृहयुद्धका कारण साउदीको केही क्षेत्रमा आतङ्क फैलिएपछि नेपाली कामदारको सुरक्षा र सजगताका लागि २०१५ मे महिनामा दूतावासले जारी गरेको सूचनाको दुरुपयोग गरी केही नेपाली अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत फैलाइएको हल्लाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको दूतावासले जनाएको छ । रासस