मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कालोबजारी रोक्न सरकार असफल : महामन्त्री सिंंह

कालोबजारी रोक्न सरकार असफल : महामन्त्री सिंंह


काठमाडौँ, ३० पुस । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले कालोबजारीका कारण जनताले दुःख पाउँदा पनि वर्तमान सरकार सिंहदरबारमा चुप लागेर बसिरहेको आरोप लगाउनुभएको छ ।
 
नेपाल विद्यार्थी सङ्घले आज राजधानीमा गरेको चियापान कार्यक्रममा उहाँले सरकार जनताप्रति उदासीन भएको कारण कालोबजारी मौलाउँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशमा कालोबजारी र आकासिएको मूल्यवृद्धिले जनताले दुःख पाइरहेका छन् । प्रधानमन्त्री भने जनताको दुःखमा मलम लगाउनुको साटो लज्जास्पद अभिव्यक्ति दिँदै बस्नुभएको छ ।”
 
उहाँले सरकार देशमै उपलब्ध साधनस्रोतको उपयोग गरी जनतालाई राहत दिन असफल भएको पनि बताउनुभयो । 
 
उहाँले आसन्न १३औँ पार्टी महाधिवेशनमा गाउँस्तरबाटै सक्षम नेतृत्व आएमा मात्र केन्द्रीयस्तरमा कार्यकर्ताको मनोभावना बुझ्ने नेतृत्व चयन हुन सक्ने विश्वास व्यक्त गर्नुभयो । 
 
उहाँले अबको पार्टी नेतृत्व जनता, कार्यकर्ता र देशको भावना बुझेर काम गर्न सक्ने खालको चयन हुनुपर्नेमा पनि जोड दिनुभयो । नेविसङ्घले आसन्न महाधिवेशनको सफलताको कामना गर्दै चियापानको आयोजना गरेको हो । रासस