मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

धर्ना बस्न छाडे आन्दोलनकारी, नाका बन्द

धर्ना बस्न छाडे आन्दोलनकारी, नाका बन्द


वीरगन्ज, ३० पुस । वीरगन्ज नाकास्थित धर्नास्थलमा आन्दोलनकारी बस्ने छाडेका छन् । बुधबार  ६ जना देखिएका थिए । चारजना त्रिपालमा र दुई साधु मधेसी मोर्चाको ब्यानरमुनि आगो तापिरहेका थिए । 
 
आवागमन अबरुद्ध पार्न मूल सडकमा तेस्र्याइएका बाँसमुनिबाट पैदल यात्रु, साइकल र मोटरसाइकलमा ओहोदोहोर गरिरहेका छन् । 
 
छठ पर्वयता धर्नामा बस्ने आन्दोलनकारीको संख्या न्यून बनेको छ। तर रक्सौल भन्सारका कर्मचारीले सीमा अबरुद्ध रहेकाले मालवाहक सवारी साधन पठाउन नसकिएको बताउँदै आएका छन् । तिनै कर्मचारीले खुद्रा सामान भने निर्बाध आउन दिइरहेका छन् ।
 
संविधान र प्रदलेश सीमाकंनप्रति असन्तुष्टि राख्दै मधेस केन्द्रीत दलहरुले काठमाडौंको दानापानी ठप्प पार्ने भन्दै थालेको सीमानाका धर्ना फिर्ता भएको छैन । 
 
तर वीरगन्ज रक्सौलबाहेक सबै नाका सुचारु भइसकेका छन् । मुलुकको कुल आयातको ७० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने वीरगन्ज नाका अझै ठप्प छ ।