मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नाकाबन्दीपछि पूर्व–पश्चिम राजमार्गमा यातायातका साधन सुचारु

नाकाबन्दीपछि पूर्व–पश्चिम राजमार्गमा यातायातका साधन सुचारु


धनुषा, ३० पुस । मधेस आन्दोलन सुरु भएपछि निकै आक्रान्त बनेको पूर्व पश्चिम राजमार्ग बिस्तारै सामान्य बन्न थालेको छ ।
 
आन्दोलनरत मधेसी मोर्चाका नेता कार्यकर्ताको राजमार्गमा उपस्थिति र प्रदर्शन पातलिँदै गएपछि पूर्वपश्चिम राजमार्ग पहिलेकै अवस्थामा फर्किन थालेको हो । केही हप्तादेखि राजमार्गको अवस्था सामान्य भएपछि प्रहरीले रातको समयमा समेत गाडीको अगुवाइ गर्नु परेको छैन ।
 
यात्रुले पनि पूर्वपश्चिम राजमार्गको यात्रामा अब आन्दोलनकारीबाट आक्रमण र तोडफोडका घटना हुन छाडेपछि सुरक्षित भएको महसुस गर्न थालेका छन् । हिजोआज तराई मधेसका राजमार्गमा बिनारोकतोक सयौँ मालवाहक र यात्रुवाहक गाडी चौबिसै घन्टा गुडिरहेका प्रहरीले जनाएको छ ।
 
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सागरविक्रम राणाले अब पूर्वपश्चिम राजमार्गमा सवारी आवागमनमा कुनै समस्या नरहेको बताउनुभयो । डिजेलको अभावले पहिलेको तुलनामा केही कम गाडी चले पनि राजमार्गको अवस्था सामान्य अवस्थामा फर्किसकेको निरीक्षक राणाले जानकारी दिनुभयो । यसरी यातायातका साधन राजमार्गमा चल्न थालेपछि जनकपुरदेखि ढल्केवर र जलेश्वर–भिट्ठामोड सडकखण्डमा पनि सार्वजनिक यातायात सञ्चालनको तयारी भइरहेको यातायात व्यवसायीहरु बताउँछन् । 
 
महेन्द्रनगर धनुषाका यायायात व्यवसायी मन्दिप झाले भन्नुभयो–“यो बन्दले सबैभन्दा ठूलो मारमा हामी यातायात व्यवसायी परेको र बैंकको किस्ता बुझाउन र यातायात मजदुरको समेत घरपरिवार पाल्न धौ धौ भएकाले अब आउने हप्तादेखि लोकल रुटमा समेत गाडी संचालनको तयारी गरिरहेका छौँं ।” रासस