मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

उवासंघ चितवनको अध्यक्षमा राजन गौतम विजयी

उवासंघ चितवनको अध्यक्षमा राजन गौतम विजयी


चितवन, ३० पुस । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजन गौतम विजयी भएका छन् । गौतमले ९८१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी सहनलाल प्रधानले ७३७ मत ल्याएका थिए । 
 
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा राजु श्रेष्ठ ९०२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी ऋषिप्रसाद लामिछानेले ७७९ मत ल्याएका थिए । यस्तै, वाणिज्यतर्फको उपाध्यक्षमा प्रधान प्यानलका चुननारायण श्रेष्ठ विजयी भएका छन् । 
 
निर्वाचन सचिवालयले दिएको जानकारीअनुसार श्रेष्ठ ९७६ मत ल्याएर विजयी भएका हुन् । श्रेष्ठका प्रतिद्वन्द्वी गौतम प्यानलका भोजराज कौडेलले ६६२ मत ल्याएका छन् । 
 
त्यस्तै, संघको वस्तुगत उपाध्यक्षमा राजन गौतम प्यानलका विष्णुप्रसाद कँडेल विजयी भएका छन् । कँडेलले ९७० मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी प्रधान प्यानलका बद्री अधिकारीले ७०७ मत ल्याएका थिए । 
 
त्यस्तै, उद्योगतर्फको उपाध्यक्षमा पनि प्रधान प्यानलका सुमनकुमर श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ९९८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी गौतम प्यानलका पुष्पनिधी लोहनीले ६९३ मत ल्याएका थिए । 
 
उद्योग तर्फको सदस्यहरुमा प्रधान प्यानलका नवीन कँडेल ९११९५०, बालकृष्ण कँडेल ९११५१०, शंकर नेपाल ९११४१०, सिद्धार्थलाल चुके ९१०१७०, रोहितकुमार श्रेष्ठ ९८७९० र प्रशान्तकुमार पिया ९८७७० विजयी भएका छन् । 
 
यस्तै वाणिज्य तर्फको सदस्यहरुमा पनि प्रधान प्यानलकै बालकृष्ण कँडेल ९११७७०, विपेन्द्र रामुदामु ९११५२०, राजेन्द्र ओली ९१०९१०, रविन्द्र केसी ९९९७०, बाबुराम कँडेल ९९७२० र गौतम प्यानलकी मुना गुरुङ ९९५९० विजयी भएका हुन् । वस्तुगत तर्फ डासीराम ढकाल,लोकबहादुर रानाभाट,बलराम भण्डारी र थिरप्रसाद धिताल९कृष्ण० विजयी भएका छन् । 
 
२९ जना कार्यसमिति पदका लागि भएको निर्वाचनमा प्रधान प्यानलका ४ जना यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । महिला सदस्य रजनी मास्के, क्षेत्रीय संगठिततर्फ उद्योग वाणिज्य संघ मुग्लिनका अध्यक्ष कल्याण गुभाजु र कर्पोरेटतर्फका उम्मेदवारहरु पुष्प शर्मा र ऋषिराम पौडेल निर्विरोध चयन भएका छन् । 
 
निवर्तमान अध्यक्षसहित पदाधिकारी ६ जना, उद्योगतर्फ ६ जना, वाणिज्यतर्फ ६ जना, वस्तुगत ४ जना, कर्पोरेट २ जना, महिला सदस्य १ जना, क्षेत्रीय संगठित १ जना र मनोनित ३ गरी कुल २९ जनाको कार्यसमिति रहनेछ । निर्वाचित हुने ५ जना पदाधिकारीका लागि १० जनाको उम्मेदवारी परेको थियो ।