मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

संविधान कार्यन्वयनको नेतृत्व पनि अब काँग्रेसले गर्छ :- रंजित कर्ण

संविधान कार्यन्वयनको नेतृत्व पनि अब काँग्रेसले गर्छ :- रंजित कर्ण


यही जनवरी १३ तारीक २०१५का दिन नेपाली जन सम्पर्क समिति न्यु योर्क च्याप्टर अमेरिकाले नेपाल विद्यार्थी सङ्घको केन्द्रीय अध्यक्ष एवं सांसद रंजित कर्णको प्रमुख आथित्यमा नेपालको समसामयिक राजनीतिसँगै मधेस आन्दोलनका बारेमा एक बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।
 
न्यु योर्क स्थित ज्याक्सन हाईटको स्थानीय चौंतारी रेस्टोरेन्टमा आयोजना गरिएको उक्त कार्यक्रममा न्यू-योर्कका विभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, पत्रकार, कलाकार, साहित्यकार तथा आम जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो । 
 
प्रमुख अथितीको रूपमा बोल्दै नेबि सङ्घका सभापति एवं सांसद रंजित कर्णले अहिले मुलुकमा उब्जीएका सामूहिक बिचारलाई नेतृत्व दिन सक्ने नेताको खाँचों रहेको हुनाले त्यस्तो नेता काँग्रेसले आउँदो अधिवेशनबाट चयन गर्ने कुरा राखेका थिए । मधेसमा देखिएका उचित मागहरूलाई काँग्रेसको नेतृत्वमा संविधान संशोधन मार्फत सम्बोधन गरिन्ने कुरा बताउँदै, संविधान कार्यन्वयनको नेतृत्व पनि अब काँग्रेसले नै गर्ने कुरा उठाएका थिए । उग्र राष्ट्रवादले नेपालको राष्ट्रियता बलियो हुनै नसक्ने कुरा राख्दै , उत्तेजना बाट होइन चेतनाले समस्याको सामाधान खोजिन्नु  पर्ने कुरा सांसद कर्णले राखेका थिए ।  प्रवासी नेपालीले नेपाललाई माया गरेको देखेर आफू अत्यन्तै भावुक बनेको कुरा पनि प्रमुख अथिती कर्णले  सबैलाई बताए । 
 
नेपाली जन सम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले आफूले प्रतिनिधित्व गरेको संस्था विसुद्द सामाजिक संस्था मात्र नभएर यो एउटा राजनीतिकसँग आवद्द संस्था पनि भएकोले सोही ढङ्गले अगाडि बढ्ने कुरा राखेका थिए । यसका बावजुद विभिन्न समयमा आफ्नो संस्थाले सामाजिक कार्य गर्दै आएको कुरा स्मरण गराउँदै यस पटक पनि नेपाली जन सम्पर्क समिति अमेरिकाले जाडोका कारण पीडित भएका दोलखाका नेपाली दाज्युभाई तथा दिदीबहिनीहरूलाई सहयोग स्वरूप केही कम्बल बाँड्न लागेको कुरा सभापति विष्टले सबै माँझ राखेका थिए । 
 
नेपाली जन सम्पर्क समिति अमेरिकाको महासचिव मुनिन्द्र  विक्रम नेम्बाङले नेपालीहरूले गरेको अहिले सम्मको आन्दोलन आफ्नो अधिकार र लोकतन्त्र प्राप्तिका लागि मात्रै भएकोले अबको आन्दोलन मुलुकको उन्नतिको लागि हुनुपर्ने कुरा राख्दै, अहिले सम्म नेपाली जनताको सङ्घर्ष बाट प्राप्त अधिकारलाई संस्थागत गर्दै निर्माण गरिएको यो संविधानलाई संशोधन गरेर भए पनि मुलुकमा देखिएको समस्या बाट देशलाई निकास दिनु पर्ने धारणा राखेका थिए । नेपाली जन सम्पर्क समिति अमेरिकाका निवर्तमान संयोजक विष्णु सुवेदिले जतिनै युवा नेतृत्वको चाँहना  गरेता पनि काँग्रेसमा तिन नेता मध्ये एकले आगामी अधिवेशन बाट नेतृत्व लिने कुरा बताएका थिए । नेपाली काँग्रेसका नेता वंशलाल तामांगले काँग्रेसलाई अब नयाँ सोचका साथ अगाडि लानुपर्ने कुरा राखेका थिए । 
 
नेपाली जन सम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख मान्ति शाहले महिलालाई अब पार्टी नेतृत्वले संरक्षण गरेर भए पनि अगाडि ल्याउँनु पर्ने धारणा राखेका थिए । अर्का केन्द्रीय सदस्य प्रमोद सिटौलाले जन सम्पर्क समितिहरूलाई पार्टीले मुल्याडंकन गरेर आउँदो अधिवेशन बाट राम्रो जिम्मेवारी दिनुपर्ने कुरा बताएका थिए। बौद्धिक नेता अंगराज तिमल्सिनाले आउँदो अधिवेशन बाट काँग्रेस पार्टीले एउँटा स्पष्ट नीति र कार्यक्रम  लिएर अघि बढ्नु पर्ने कुरा राखेका थिए । 
 
अन्य बक्ताहरूमा लंग आईल्याण्ड नेपाली समाजका अध्यक्ष दुर्गेश कार्की , रिजुड नेपाली समाजका अध्यक्ष रवि किरण कोइराला , काँग्रेस नेता कान्छा लामा, एन. आर . एन. अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल ,सल्लाहकार सुनिल शाह लगायतका थिए । प्रश्न उत्तर समेत गरिएको उक्त कार्यक्रममा  छिरिगं तोप्के लामा, संजिव श्रेष्ठ , एन.आर.एन.का सल्लाहकार डा. विनोद शाह , सदस्य सतेन्द्र शाह, आई सिसिका मेम्बर नवीन शेरचनले प्रमुख अथितीलाई  विभिन्न प्रश्नहरू सोधेका थिए । 
 
नेपाली जन सम्पर्क समिति न्यु योर्क च्याप्टरका सभापति रोशन ढुंगानाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको संन्चालन च्याप्टरका महासचिव महेश मल्लले गरेका थिए भने स्वागत मन्तव्य च्याप्टरका उप सभापति अमर तामांगले गरेका थिए ।