बिश्व घटना

अमेरिकामा पावरवल लटरी कम्तीमा तीनजनाले बाढ्ने

अमेरिकामा पावरवल लटरी कम्तीमा तीनजनाले बाढ्ने


अमेरिकाकै इतिहासमा सवैभन्दा वढी रकमको चिठ्ठाका वुधवार पनि कोही विजेता नभएको भए २ अर्ब डलर भन्दा वढी पुग्ने अनुमान थियो । तर, यो अवस्था आएन सर्वाधिक उच्च रकमको यो चिठ्ठा क्यालिफोर्निया स्थित चिनोहिल, टिनिसी र फ्लोरिडाका  क्रेताले आफ्नो नाममा पारेका छन् । 
 
पावरवल चिठ्ठा खुले लगत्तै क्यालिफोर्निया लटरीले टुविट मार्फत  एक जनाविजेता भएको सार्वजनिक गरेको थियो । 
 
उक्त चिठ्ठाको रकम १ अर्व ६० करोड डलर पुगेको थियो । तर, जित्नेले विभिन्न करहरु तिर्नु पर्ने भएकाले वास्तविकतामा यसभन्दा कम हात पर्छ । तर, नम्बर मिलाउनेलाई हात पर्ने रकम पनि अथाहा छ । रकम वढ्दै गएकाले लटरी किन्नेहरु कतिपय ग्यांसस्टेशन लगायतका स्थानमा भिड्नै लागेको थियो । टेक्सास लगायत नेपालीहरुले संचालन गर्ने ग्यांस स्टेशनहरुले पनि हज्जारौं चिठ्ठा विक्री गरेका थिए । विक्री गर्ने पसलले पनि सानो रकम प्रतिशतमा पाउंछन् । 
 
इतिहासकै सर्वाधिक रकम भएकाले यो लटरीले संचारमाध्यममा पनि प्रमुख स्थान पाएको थियो । नकिने पर्दैन किने भन्न सकिदैंन भन्ने मान्यताका आधारमा पनि २ डलर तिर्न तयार हुनेको संख्या वढेको थियो । २ डलरको चिठ्ठा किन्दा पाइने सन्तुष्टिले पनि पैसा असुल हुने विश्लेषणहरु भएका थिए ।
 
समाजिक संचालहरुका आधारमा हेर्दा यो लटरी प्रति नेपाली समुदायको पनि व्यापक चासो वढेको थियो । नेपालवाट समेत उक्त लटरी किन्न सुझावहरु आएको केहीले वताए । किन्नेलाई आफैलाई  परोस जस्तो लाग्छ, जे होस चिठ्ठा आखिर पर्छ नै भन्ने पनि होइन । तर, यति तपाईले चिनोहिलवाट चिठ्टा किन्नु भएको हो भने एक पटक अवश्य हेरौं । कतै तपाईलाई नै पर्यो कि ?

 

Advertisement

शेयर गर्नुहोस:

0
Shares