मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा पावरवल लटरी कम्तीमा तीनजनाले बाढ्ने

अमेरिकामा पावरवल लटरी कम्तीमा तीनजनाले बाढ्ने


अमेरिकाकै इतिहासमा सवैभन्दा वढी रकमको चिठ्ठाका वुधवार पनि कोही विजेता नभएको भए २ अर्ब डलर भन्दा वढी पुग्ने अनुमान थियो । तर, यो अवस्था आएन सर्वाधिक उच्च रकमको यो चिठ्ठा क्यालिफोर्निया स्थित चिनोहिल, टिनिसी र फ्लोरिडाका  क्रेताले आफ्नो नाममा पारेका छन् । 
 
पावरवल चिठ्ठा खुले लगत्तै क्यालिफोर्निया लटरीले टुविट मार्फत  एक जनाविजेता भएको सार्वजनिक गरेको थियो । 
 
उक्त चिठ्ठाको रकम १ अर्व ६० करोड डलर पुगेको थियो । तर, जित्नेले विभिन्न करहरु तिर्नु पर्ने भएकाले वास्तविकतामा यसभन्दा कम हात पर्छ । तर, नम्बर मिलाउनेलाई हात पर्ने रकम पनि अथाहा छ । रकम वढ्दै गएकाले लटरी किन्नेहरु कतिपय ग्यांसस्टेशन लगायतका स्थानमा भिड्नै लागेको थियो । टेक्सास लगायत नेपालीहरुले संचालन गर्ने ग्यांस स्टेशनहरुले पनि हज्जारौं चिठ्ठा विक्री गरेका थिए । विक्री गर्ने पसलले पनि सानो रकम प्रतिशतमा पाउंछन् । 
 
इतिहासकै सर्वाधिक रकम भएकाले यो लटरीले संचारमाध्यममा पनि प्रमुख स्थान पाएको थियो । नकिने पर्दैन किने भन्न सकिदैंन भन्ने मान्यताका आधारमा पनि २ डलर तिर्न तयार हुनेको संख्या वढेको थियो । २ डलरको चिठ्ठा किन्दा पाइने सन्तुष्टिले पनि पैसा असुल हुने विश्लेषणहरु भएका थिए ।
 
समाजिक संचालहरुका आधारमा हेर्दा यो लटरी प्रति नेपाली समुदायको पनि व्यापक चासो वढेको थियो । नेपालवाट समेत उक्त लटरी किन्न सुझावहरु आएको केहीले वताए । किन्नेलाई आफैलाई  परोस जस्तो लाग्छ, जे होस चिठ्ठा आखिर पर्छ नै भन्ने पनि होइन । तर, यति तपाईले चिनोहिलवाट चिठ्टा किन्नु भएको हो भने एक पटक अवश्य हेरौं । कतै तपाईलाई नै पर्यो कि ?