मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली जनसम्पर्क समिति ड्यालसको अन्तरक्रिया कार्यक्रम सम्पन्न (फोटो फिचर )

नेपाली जनसम्पर्क समिति ड्यालसको अन्तरक्रिया कार्यक्रम सम्पन्न (फोटो फिचर )


हिमालय खबर संबाददाता I
१३ जनवरी २०१६, अमेरिका, ड्यालस ।  नेपाली जनसम्पर्क समिति ड्यालस फोर्थओर्थको आयोजनामा १२ जनबरी, २०१६ मा नेपाल सरकारका माननीय सांसद एवम् नेपाल बिधार्थी संघका अध्यक्ष रंजित कर्णको प्रमुख आतिथ्यमा नेपालको समसामयिक परिस्थितिका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । 
 
अन्तरक्रिया कार्यक्रममा नेपालको बर्तवान राजनैतिक परिस्थिति, तराई आन्दोलन लगायत भुकम्प पछिको व्यवस्थापनमा देखिएका समस्याहरुका वारेमा नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछाने, NRN सल्लाहकार सुनिल साह, कोषाध्यक्ष बेद बस्नेत, ने.ज.स. केन्द्रीय सल्लाहकार डा. अर्जुन बन्जाडे,  ने.ज.स. केन्द्रीय सदस्य सुमेन्द्र रानाभाट, ओम भट्टराई, NST उपाध्यक्ष कमल सापकोटा, NST महासचिव कमल सत्याल, NRN अध्यक्ष उत्तम लामिछाने, कोषाध्यक्ष पुष्पलता भण्डारी, नेपाली मन्दिर पुजा समिति महासचिव सुरेश पोखरेल लगायत बिभिन्न महानुभावहरुको सहभागिता थियो ।
 
कार्यक्रममा प्रमुख अतिथी कर्णले नेपालका राजनैतिक पार्टीले विदेशमा रहेका नेपालीहरुलाई हेर्ने दृष्टिकोणमा जुन संकुचित भावना थियो त्यसलाई नेपालमा गएको महाभुकम्प पश्चातको अवस्था र परदेशीएका नेपालीहरुले गरेको सहायोगले चिर्न सफल रहेको बताउँदै सहयोगका लागि सवैलाई धन्यवाद दिनुका साथै NRN का मागहरु क्रमस: पुरा हुदै गरेको र नेपाली कांग्रेस र ने.बि.संध जहिले पनि NRN को साथमा रहने बाचा समेत गर्नु भयो ।  नेपालको बर्तावान राजनैतिक निकास र तराई समस्याका सम्बन्धमा सम्बोधन गर्दै – नेपाली काँग्रेस प्रजातन्त्र र गणतन्त्रको सम्बाहक भएको र तराईवासी नेपालीहरु ने.का.का आत्मा भएकोले कांग्रेसले पेस गरेको संसोधन प्रस्तावले छिटै नै तराईको समस्या समाधान भई निकास पाउनेमा आफु ढुक्क रहेको बताउनु भयो ।  
 
कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेले नेपालको समसामयिक बिषयको चर्चा गर्दै नयाँ कार्यसमितिले ल्याउन लागेको कार्यक्रममा सबैको सक्रिय सहभागिता र सहयोगकोलागि अनुरोध गर्नु भएको थियो । ने.ज.स. ड्यालस फोर्थओर्थका अध्यक्ष ज्ञानेन्द्रराज कार्कीको सभापतित्वमा संचालन भएको कार्यक्रममा च्याप्टर महासचिव दिनेश शर्माले संचालन गर्नु भएको थियो भने सभापति कार्कीले उपस्थित सबैलाई धन्यबाद दिनु भएको थियो ।