मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

न्यानो कपडाको लागि रु १० हजार अझै वितरण भएन

न्यानो कपडाको लागि रु १० हजार अझै वितरण भएन


बनेपा, २९ पुस । न्यानो कपडाका लागि भूकम्पपीडितले पाउने भनिएको रु १० हजार काभ्रेपलाञ्चोकका तीन नगरपालिका र छ गाविसमा अझै वितरण हुन सकेको छैन । 
 
जिल्लाको बनेपा, पनौती, पाँचखाल नगरपालिका, गैरीविसौना देउपुर, पोखरीनारायणस्थान, टुकुचानाला, ¥याले, सिपाली चिलाउनेलगायत छ गाविसमा रकम निकासा नभएकाले वितरणमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ । 
 
अब केही दिनमा निकासा होला, लगत्तै वितरण गर्छौं काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भन्नुभयो । उहाँले मेच्छे र मङ्गलटार गाविसमा दुई हजार ४०८ परिवारलाई न्यानो कपडाका लागि रु तीन करोड निकासा भएको जानकारी दिनु भयो । 
 
जिल्ला प्रशासन कार्यालयका लेखा अधिकृत भीमप्रसाद पोखरेलले छ गाविस र तीन नगरपालिकाका २१ हजार ४९० जनालाई न्यानो कपडाका लागि रकम अभाव भएको उल्लेख गर्दै उनीहरुका लागि रु २३ करोड ८९ लाख ८० हजार आवश्यक भएको बताउनुभयो । 
 
उहाँका अनुसार वितरण गर्न बाँकी रहेको रकममध्ये सबैभन्दा बढी पाँचखाल नगरपालिकामा रु आठ करोड ८७ लाख ६० हजार, पनौती नगरपालिकामा रु चार करोड ६१ लाख ९० हजार र बनेपा नगरपालिकमा रु एक करोड ५० लाख ८० हजार वितरण गर्नुपर्ने छ । 
 
प्रशासनले अहिलेसम्म न्यानो कपडाका लागि भूकम्पपीडितलाई जिल्लामा रु ५६ करोड वितरण गरिसकेको छ । सरकारले पुस २४ गतेसम्म न्यानो कपडाका लागि रु १० हजार वितरण गर्न अन्तिम समयसीमा तोकेको थियो । काभ्रेपलाञ्चोकमा भूकम्पका कारण ८३ हजार २२४ घर पूर्णरुपमा क्षति भएको छ । रासस