मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सम्पत्ति विवरण नबुझाउने चार मन्त्रीलाई जरिबाना

सम्पत्ति विवरण नबुझाउने चार मन्त्रीलाई जरिबाना


काठमाडौं, २९ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने चार बहालवाला मन्त्रीलाई ५ हजार जरिबाना तिराउने निर्णय गरेको छ । यस्तै पूर्वअर्थमन्त्री रामशरण महत र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि कारबाहीमा परेका छन् ।
 
अख्तियारले सम्पत्ति विवरण नबुझाउने २४ हजार ३७६ जनालाई ५ हजारको दरले जरिबाना गर्ने निर्णय गरेको हो । अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले भने, ‘सम्पत्ति विवरण नबुझाउनेलाई ५ हजार जरिबाना हुन्छ ।’
 
अख्तियारको कारबाहीमा पर्नेमा चार बहालवाला मन्त्रीमा एकनाथ ढकाल, कुन्ती साही, दिनेश श्रेष्ठ र विराट विष्ट छन् । ढकाल शान्तिमन्त्री, शाही स्थानीय विकास राज्यमन्त्री, श्रेष्ठ भूमिसुधार तथा व्यवस्था र विष्ट स्थानीय विकास सहायकमन्त्री हुन् । चारै जनाले सांसद हुँदा सम्पत्ति विवरण बुझाएका थिएनन् ।
 
पूर्व अर्थमन्त्री महतले पनि सम्पत्ति विवरण बुझाएका थिएनन् । पूर्व उर्जामन्त्री राधा ज्ञवाली र महिला बालबालिका तथा समाज कल्याणमन्त्री निलम केसीले तोकिएको समयभन्दा पछि सम्पत्ति विवरण बुझाएका थिए ।
 
यस्तै, सम्पत्ति विवरण नबुझाउनेमा मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादव, लक्ष्मणलाल कर्णसहितका ३७ सांसद पनि छन् । यस्तै, १५ सांसदले पनि तोकिएको समयभन्दा ढिलो विवरण बुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ ।
 
उनका अनुसार अब ५ हजार बुझाएर एक महिनाभित्र सम्पत्ति विवरण बुझाउने मौका दिइनेछ । यदि यो समयमा पनि सम्पत्ति विवरण नबुझाएमा अकुत सम्पत्तिमा समेत छानबिन हुने अख्तियारले जनाएको छ ।@onlinekhabar