मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवन उवासंघको दुवै प्यानल अगाडि (मत-परिणामसहित)

चितवन उवासंघको दुवै प्यानल अगाडि (मत-परिणामसहित)


Chunnarayan-1
चुननारायण श्रेष्ठ
bishnu-bro
विष्णुप्रसाद कँडेल

चितवन, २९ पुस । उद्योग वाणिज्य संघ चितवनको निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्षमा सहनलाल प्रधान प्यानलका चुननारायण श्रेष्ठ विजयी भएका छन् ।

निर्वाचन सचिवालयले दिएको पछिल्लो नतिजा अनुसार एक हजार ६७१ मत गणनामध्ये चुननारायण श्रेष्ठले ९७६ मत र राजन गौतम प्यानलका भोजराज कौडेलले ६६२ मत ल्याएका छन् ।

त्यस्तै संघको वस्तुगत उपाध्यक्षमा राजन गौतम प्यानलका विष्णुप्रसाद कँडेल विजयी भएका छन् ।

कुल गणना भएको एक हजार ७ सय १८ मत मध्ये ९७० मत कँडेलले प्राप्त गरेका छन् । उद्योगतर्फको उपाध्यक्षमा पनि प्रधान प्यानलका सुमनकुमर श्रेष्ठ विजयी भएका छन् ।

२९ जना कार्यसमिति पदका लागि हुने निर्वाचनमा प्रधान प्यानलका ४ जना स्वत असअघि र्निविरोध निर्वाचित भएका थिए ।

जसमा महिला सदस्य रजनी मास्के, क्षेत्रीय संगठिततर्फ उद्योग वाणिज्य संघ मुग्लिनका अध्यक्ष कल्याण गुभाजु र कर्पोरेटतर्फका उम्मेदवारहरु पुष्प शर्मा र ऋषिराम पौडेल निर्विरोध चयन भएका छन् ।

निवर्तमान अध्यक्षसहित पदाधिकारी ६ जना, उद्योगतर्फ ६ जना, वाणिज्यतर्फ ६ जना, वस्तुगत ४ जना, कर्पोरेट २ जना, महिला सदस्य १ जना, क्षेत्रीय संगठित १ जना र मनोनित ३ गरी कुल २९ जनाको कार्यसमिति रहनेछ ।

निर्वाचित हुने ५ जना पदाधिकारीका लागि १० जनाको उम्मेदवारी परेको थियो ।

उद्योग वाणिज्य संघ चितवनको निर्वाचन मतपरिणामः

– वाणिज्य तर्फको सदस्य (१६०० मतको परिणाम)
१.विनोद पौडेलः ८८०
२. मुना गुरुङः ९०८
३. नारायण प्रधानः ८७२
४. बाबुराम कँडेलः ९२५
५. विपेन्द्र रामुदामुः १०८२
६. राजेन्द्र ओलीः १०२२
७. बालकृष्ण कँडेलः ११०६
८. रविन्द्र केसीः ९३९
९. सुरेश श्रेष्ठः ८३२

– उद्योगतर्फको सदस्य (११ सय मतको परिणाम)

१. शंकर नेपालः ८०४
२. सुमन सिग्देलः ५७५
३. चन्द्रमणी सापकोटाः ५३०
४. सोमनाथ अधिकारीः ४५६
५. सिद्धार्थ चुकेः ७३७
६. रोहितकुमार श्रेष्ठः ६२८
७. बालकृष्ण कँडेलः ८१५
८. प्रशासन्तकुमार पियाः ६३८
९. नविन कँडेलः ८५०
१०. कृष्णप्रसाद रिजालः ४६३