मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

खैरहनीमा तेस्रो खिचरा महोत्सव सुरु

खैरहनीमा तेस्रो खिचरा महोत्सव सुरु


चितवन, २९ पुस । पूर्वी चितवनको खैरहनीमा आज बुधबारदेखि ‘तेस्रो खिचरा महोत्सव–२०७२’ सुरु भएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी उच्च माविमा खिचरा महोत्सव सुरु भएको हो ।

khichara-mahotshavमहोत्सवको चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले उद्घाटन गरे । प्रमुख अतिथि सिंहले ढगौरा भाषामा सम्वोधन गर्दै संस्कृति प्रर्वद्धन गर्न खिचरा महोत्सवले टेवा पुग्ने विश्वास व्यक्त गरे । थारु समुदायको नयाँ वर्ष माघीको अवसर पारेर महोत्सव गरिँदै आएको छ ।

महोत्सवले लोपोन्मुख अवस्थामा रहेको आफूहरुको संस्कृति जगेर्ना हुने महोत्सव प्रचार–प्रसार समितिका संयोजक संजय चौधरीले बताए । महोत्सवमा कुल ६० वटा स्टलमध्ये ४० वटा व्यावसायिक स्टल रहेको थारु कल्याणकारिणी सभा क्षेत्र नम्वर ७ का सभापति नारायणप्रसाद महतोले बताए ।

tharu-machan१५ लाख खर्च लाग्ने अनुमान गरिएको महोत्सव ५० हजारभन्दा बढीस् दर्शकले अवलोकन गर्ने महोत्सवका आर्थिक समिति संयोजक टिकेन्द्र चौधरीले जानकारी दिए ।

थारु कल्याणकारीणी सभा क्षेत्र नम्वर ७ का सभापति एवम् महोत्सवका संयोजक नारायणप्रसाद महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न राजनीतिक दल, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।

महोत्सव उद्घाटनअघि मगनीचोकदेखि महोत्सवस्थलसम्म थारु समुदायको संस्कृति झल्कने झाँकीसहितको शोभायात्रा निकालिएको थियो । महोत्सव यही माघ ३ गतेसम्म चल्ने छ ।