मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सन् फ्रान्सिस्कोमा राष्ट्रिय एकता दिवस मनाउदै ५ तत्व आत्मसात गर्ने प्रतिबद्धता

सन् फ्रान्सिस्कोमा राष्ट्रिय एकता दिवस मनाउदै ५ तत्व आत्मसात गर्ने प्रतिबद्धता


अमेरिकाको सन् सन् फ्रान्सिस्को बे क्षेत्रका नेपाली समुदायले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन् l उक्त कार्यक्रममा उपस्थित सहभागीहरुले राष्ट्रिय एकता दिवस मनाउदै पाँच तत्वहरुलाई आत्मसाथ गरि भबिष्यमा बिध्यमान एकतालाई अझ मजबुत बनाउने प्रतिबद्धता जाहेर गरेका छन् l
 
उक्त पांच तत्वहरुमा सबैले आपसी सह अस्तित्व स्वीकार गर्ने , आपसी फाइदा एक अर्का बिच बाडफाड गर्ने ,नकारात्मक सोच बन्द गरि सकारात्मक सोच वृद्धि गर्ने ,जेष्ठ तथा अग्रजहरुको सम्मान गर्ने परिपाटी थालनी गर्ने र प्राप्त उपलब्धि समान रुपमा वितरण गर्ने मा समझदारी भएको छ l
 
ब्यबसायी तथा समाज सेवी युवराज कार्कीको अध्यक्षतामा कार्यक्रम भएको थियो भने सुजित सिंहले स्वागत गर्नु भएको थियो l कार्यक्रमको आयोजना सुजित सिंह ,कौशल प्रताप जबरा, युवराज कार्कीको तथा सकुन राईको पहलमा भएको थियो l
 
उक्त एकता दिवसको उपलक्ष्यमा पृथ्वी जयन्तिको औचित्य सम्बन्धि मणि नेपाली पनेरुले गर्नु भएको थियो भने पृथ्वी नारायण शाहको योगदान र राष्ट्रिय एकता बारेमा अमेरिकाको सन् फ्रान्सिस्को क्षेत्रका लागि पर्यटन दुत अनिल पाण्डेले बोल्नु भएको थियो l
 
मन्तब्य कै क्रममा राष्ट्रियता एकताको वर्तमान अवस्था बारेमा पूर्ण चन्द्र बानियाले बोल्नु भएको थियो भने स्वायत्तता र राष्ट्रियता एकता बीचको सम्बन्धको बारेमा बोल्नु भएको थियो l
 
मन्तब्य कै क्रममा बे क्षेत्रमा जन सहभागिता सम्बन्धमा वर्तमान अवस्था बारेमा तेज राई तथा उक्त क्षेत्रमा देखा परेका एकता सम्बन्धका प्रमुख समस्याका बारेमा एन डब्लु जीएन कि पूर्व अध्यक्ष बिष्णु गुरुङ "एकता"ले बोल्नु भएको थियो l