मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पञ्चायतदेखि गणतन्त्रसम्मका नेताको सम्पत्ति छानबिन गर्न माग

पञ्चायतदेखि गणतन्त्रसम्मका नेताको सम्पत्ति छानबिन गर्न माग


काठमाडौँ, २६ पुस । पञ्चायतकालदेखि गणतन्त्रसम्मका प्रधानमन्त्री, प्रधान न्यायाधीश, मन्त्रीलगायत उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्न भन्दै सर्वोच्चमा आइतबार मुद्दा दर्ता भएको छ । 
 
पूर्वराजबन्दी एवम् राजनीतिकर्मी कृष्ण केसीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, व्यवस्थापिका–संसद् सचिवालय र सभामुखलाई विपक्षी बनाई दर्ता गर्नुभएको सो मुद्दामा भोलि सोमबार बिहान ११ बजे बहस हुने बताइएको छ । 
 
निवेदनमा जिम्मेवार सार्वजनिक पदमा नियुक्ति वा मनोनित वा निर्वाचित हुँदा सम्पत्ति विवरण सार्वजनिक नगरिएको वा अद्यावधिक नगरिएको भन्दै निजहरूको हैसियत अस्वाभाविक र अमिल्दो देखिएमा सबैलाई कारबाही गर्न एक अधिकारसम्पन्न संसदीय छानबिन समिति गठनलगायत माग गरिएको छ । रासस