मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

उखान टुक्काले देश चल्दैन : नेता कोइराला

उखान टुक्काले देश चल्दैन : नेता कोइराला


भीमदत्तनगर, २६ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकार उखान टुक्काले देश नचल्ने बताउनुभएको छ । सरकारको नेतृत्वप्रति आलोचना गर्दै केन्द्रीय सदस्य कोइरालाले वर्तमान सरकार आफ्नै बोझले ढल्ने दाबीसमेत गर्नुभयो ।
 
नेपाली काँग्रेस कञ्चनपुरले आइतबार बेलुकी भीमदत्तनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले वर्तमान सरकारले मन्त्रालयहरू फुटाएर देशलाई आर्थिक भार थोपरेको र कालोबजारी नियन्त्रण गर्न असफल रहेको आरोप लगाउनुभयो । 
 
प्रतिपक्षी दल नेपाली काँग्रेस देशको परिस्थितिका कारण सरकारको विरोधमा नउत्रिएको उहाँको भनाइ थियो । “अहिलेको परिस्थितिले हामी सडकमा उत्रेका छैनौँ”– कोइरालाले भन्नुभयो– “संसद्भित्र काँग्रेसले जोडदार ढङ्गले आवाज उठाएकै छ ।”
 
नेपाललाई विखण्डन गर्न छिमेकी मुलुकमात्रै नभएर अन्य विदेशी शक्तिसमेत लागिपरेको दाबी गर्दै केन्द्रीय सदस्य कोइरालाले देश विदेशीको क्रिडास्थल बनेको बताउनुभयो । 
 
काँग्रेसको आगामी १३औँ महाधिवेशनमा काँग्रेसलाई एकताबद्ध भएर लैजानुपर्नेमा उहाँको जोड थियो । “६०÷४० को भागबन्डा नटुटेसम्म चैनको श्वास फेर्न सकिने अवस्था छैन, व्यक्तिवादी चरित्र त्याग्नुपर्छ ।” रासस