मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक गम्भीर

चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक गम्भीर


चितवन, २६ पुस । चितवनको नारायणगढमा आइतबार ट्रकको ठक्करबाट एकजनाको मृत्यु र अर्का एकजना गम्भीर घाइते भएका छन् । 
 
आज साँझ नारायणगढको कमलनगरबाट भरतपुरतर्फ आउने क्रममा ना५ख ३४७५ नंको ट्रकको ठक्करबाट उक्त दुर्घटना भएको हो ।
 
ट्रकको ठक्करबाट भरतपुर उपमहानगरपालिका–१६ का ३० वर्षीय राजीव बाँनियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पैदल हिँडिरहेका बेला उनलाई ट्रकले ठक्कर दिएको थियो । 
 
दुर्घटनामा गम्भीर बनेका उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । उनीसँगै रहेका अर्का पैदलयात्री भरतपुर–३ का ५० वर्षीय जयप्रकाश तण्डुकार गम्भीर घाइते भएका छन् ।
 
उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस