नेपाल

चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक गम्भीर

चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक गम्भीर


चितवन, २६ पुस । चितवनको नारायणगढमा आइतबार ट्रकको ठक्करबाट एकजनाको मृत्यु र अर्का एकजना गम्भीर घाइते भएका छन् । 
 
आज साँझ नारायणगढको कमलनगरबाट भरतपुरतर्फ आउने क्रममा ना५ख ३४७५ नंको ट्रकको ठक्करबाट उक्त दुर्घटना भएको हो ।
 
ट्रकको ठक्करबाट भरतपुर उपमहानगरपालिका–१६ का ३० वर्षीय राजीव बाँनियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पैदल हिँडिरहेका बेला उनलाई ट्रकले ठक्कर दिएको थियो । 
 
दुर्घटनामा गम्भीर बनेका उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । उनीसँगै रहेका अर्का पैदलयात्री भरतपुर–३ का ५० वर्षीय जयप्रकाश तण्डुकार गम्भीर घाइते भएका छन् ।
 
उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस 
 

शेयर गर्नुहोस:

0
Shares