मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मुलुक संकटमा परेका बेला पूर्वराजाले दिए यस्तो चेतावनी

मुलुक संकटमा परेका बेला पूर्वराजाले दिए यस्तो चेतावनी


काठमाडौँ, २६ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रहित र राष्ट्रवासीको सुख, समृद्धि र आत्मीय सन्तुष्टिका निम्ति जनताको नासो जनतालाई सुम्पेर दरबार छाडेको बताएका छन् ।  

९४ औं पृथ्वी जयन्तीको अवसरमा आइतबार एक वक्तव्य जारी गर्दै शाहले मुलुकमा पछिल्लो समयमा देखिएको भीषण संकटप्रति चर्को असन्तुष्टिसमेत जाहेर गरेका छन् ।  वक्तव्यमा शाहले भनेका छन्ः ‘अब नेपाली जनताले को र कसबाट के कस्तो दायित्व र भूमिका र भरोसा चाहेका छन्, खुलस्त हुनुपर्छ भन्ने समयको माग रहेको छ । सबैले विचार गर्नुपर्ने कुरा यो हो कि मैले नेपाली घरबार छोडेको छैन, अनि नेपाल र नेपालीको आधारको भार पनि परित्याग गरेको छैन ।’  

पृथ्वी जयन्तीको यस ऐतिहासिक क्षणमा सँधै नै नेपालीहरुमा मिलिरहने चेतना र प्रेरणाको कुरा राष्ट्रिय एकता र सदाशयतानै भएको बताउँदै शाहले हिमाल, पहाड र तराईका हामी सवै नेपाली यही फुलवारीमा जति बढी समाहित हुन सकिन्छ उतिनै गौरवशाली अस्तित्व र स्वाभिमानको नेपालीत्व उच्च रहने बताएका छन् ।  

पछिल्लो युगमा यति बृहत चेतना भएका हामी नेपालीहरु दिग्भ्रमित भएको बताउँदै उनले भनेका छन्ः ‘सोचनीय कुरा के छ भने अहिले देशभित्र विधि, व्यवस्था, भूरचना र शासन प्रशासनका कुरालाई लिएर जे जस्ता बखेडा खडा भएका छन्, यो कदापी राम्रो कुरा होइन ।  

आपसी सदभाव खलबलिएर जनसाधारणको जीवन व्यवहारमा जस प्रकार आर्थिक संकट, चरम महंगी, अभाव, अनुत्पादन र बाहिरी निर्भरताबाट यतिखेर थप मार परिरहेको छ ।’ पछिल्लो वर्तमान संकटप्रति चिन्तित हुँदै उनले थप भनेका छन् : ‘नेपाली जनताले अहिले साँझ बिहान छाक टार्न र सामान्य रुपले जीवन धान्न पनि धौ धौ परिरहेको अवस्था छ, त्यो गम्भीर चिन्ताको विषय हो ।’