मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जिल्लामा पनि काँग्रेसको सदस्यता विवाद

जिल्लामा पनि काँग्रेसको सदस्यता विवाद


धनगढी, २६ पुस । नेपाली काँग्रेसको आसन्न महाअधिवेशनको मिति नजिकिँदै जाँदा कैलाली जिल्लामा पार्टीको क्रियाशील सदस्यताको विवाद चुलिएको छ ।
 
विवादसँगै अवैधानिक सदस्यता खारेजी र वैधानिक सदस्यता कायम गर्नुपर्ने माग गर्दै काँग्रेस कैलालीको यहाँस्थित जिल्ला कार्यालयमा शनिबारदेखि पार्टीका नेता कार्यकर्ताहरू धर्नामा बसेका छन् । सांसद पुष्करनाथ ओझाको नेतृत्वमा झन्डै एक दर्जन बढी नेता कार्यकर्ता अनशनमा बसेका हुन् । 
 
छवटा निर्वाचन क्षेत्र रहेको कैलालीमा निर्वाचन क्षेत्र नं ६ मा विवाद नरहेको भए पनि बाँकी सबै क्षेत्रमा क्रियाशील सदस्यता विवाद रहेको धर्नामा बस्नुभएका क्षेत्रीय अध्यक्ष उद्धवसिं विष्टले बताउनुभयो । अवैधानिक सदस्यता खारेज नभएसम्म आफूहरूको धर्ना जारी रहने महाअधिवेशन प्रतिनिधि कृष्णबहादुर महराले बताउनुभयो । 
 
अनशनमा बस्नेहरू वरिष्ठ नेता शेरबहादुर देउवा पक्षधर रहेको बताइएको छ । यद्यपि वरिष्ठ नेता देउवा पक्षधर मानिएका पार्टीका जिल्ला सभापति नरनारायण शाह भने धर्नामा अनुपस्थित रहनुभएको थियो । जिल्लामा काँग्रेसका झन्डै नौ हजार क्रियाशील सदस्य रहेको जनाइएको छ । रासस