मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकामा खुल्यो एक अर्ब डलरको चिठ्ठा

अमेरिकामा खुल्यो एक अर्ब डलरको चिठ्ठा


ओक्लाहोमा, (अमेरिका), २६ पुस – सर्वाधिक धनराशी र चर्चाको पावरबल चिठ्ठा शनिबार राति अमेरिकामा खुलेको छ। विजेताको विवरण आइनसकेको भएपनि  करोड डलरको पावरबल विजेताको नम्बर भने लोटरी कमिसनले सार्वजनिक गरेको छ।
 
यस पटकको पावरवल चिठ्ठा ३२ – १६ – १९ – ५७ – ३४   (पावरबल नम्बर १३) भएका क्रेताले जितेका छन्। यसको राशी ९४ करोड (झण्डै एक खर्ब नेपाली रुपैयाँ) छ। विजेताले प्राप्त गर्ने नगदराशी ५५ करोड ८० लाख डलर रहेको छ। 
 
चिठ्ठा खुल्ने अन्तिम समयमा पुनः विजेताले प्राप्त गर्ने रकम बढेर ९४ करोड ९८ लाख डलर पुगेको हो। 
 
पावरबल चिठ्ठा जित्नका लागि क्रेताले हरेक टिकटमा प्राप्त गर्ने ६ वटा नम्बरमध्य सबै मिलाउनुपर्छ। पावरप्ले नम्बर सहितको अन्य नम्बर मिलाउँदा पनि केही रकम चिठ्ठा किन्नेहरुले जित्न सक्छन्। 
 
चिठ्ठाका विजेताले आफ्नो नम्बर दावी गर्न आएपछिमात्र कस्ले जित्यो भन्ने एकिन हुन्छ।

शेयर गर्नुहोस:

0
Shares