मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससको ड्यालसमा वक्तित्वकला हुने

टेक्ससको ड्यालसमा वक्तित्वकला हुने


हिमालयखवर संवाददाता I ड्यालस एभरेष्ट लायन्स क्लवले आउने शनिवार जुनियर र सिनियर हाइस्कुलका विद्यार्थीका विच वक्तित्व कला प्रतियोगिता आयोजना गर्ने भएकोछ । 
 
उक्त वक्तित्वकलाका लागि "द सोसोइकोनोमिक इफेक्ट्स अफ मेरियोना डिक्रिमिनलाइजेशन" अर्थात "गांजा वैध गर्दाको आर्थिक र समाजिक असर"  विषय तोकिएको छ ।
 
आयोजकले नेपाली समुदाय सवैसंग आफ्ना बालबालिका लाई उक्त प्रतियोगितामा सहभागी गराउन आग्रह गरेका छन् । हामी समुदायलाई विद्यार्थीहरुलाई उक्त कार्यक्रममा सहभागी गराई व्यक्तित्व विकास र आकर्षक पुरष्कार जित्न प्रोत्साहन गर्न अनुरोध गछौ, क्लवका उपाध्यक्ष बिएन पन्तले हिमालय खबर संगको कुराकानीमा बताय  । 
 
गांजालाई वैध गर्दा यसले समाजमा पार्ने असरका वारेमा प्रतियोगीहरुले विभिन्न पक्षवाट आफ्नो दावीहरु राख्न सक्ने छन् । यसमा जुनियर र सिनियर हाइस्कुलका विद्यार्थीले मात्र सहभागी हुन पाउने छन् । उक्त शिर्षकमा आफ्ना दावीहरु पांच देखि ७ मिनेट भित्र राखिसक्नु पर्ने छ। ड्यालस एभेरेष्ट लायन्स क्लवले तिन जना विजेता छनौट गर्ने छ ।
 
विजेतालाई जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराईने छ । जिल्ला स्तरीय प्रतियोगिता  जित्नेले पहिलो पुरष्कार २ हजार डलर छ । जिल्ला विजेताले राज्य स्तरको प्रतियोगितामा सहभागी हुन पाउने छन् ।
 
कार्यक्रम हुने स्थान मिति  र समय : नेपाली मन्दिर ( NST  सभा कक्ष), शनिबार, ०९ जनवरी २०१६,  दिउसो १२ बजे बाट  ।