मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नाटक जोडियोस भत्किएका मनहरूको पुनः प्रदर्शन

नाटक जोडियोस भत्किएका मनहरूको पुनः प्रदर्शन


अनुज थापा, न्युयोर्क-  न्युयोर्कको अफ–ब्रोडवे थियटरमा पहिलो पटक मन्चन भएको अशेष मल्लको नाटक जोडियोस् भत्किएका मनहरू  धेरै दर्शकहरुको विशेष अनुरोधमा पुनः मन्चन हुँदैछ । 
 
म्यानह्याटनमा रहेको ७७७ थेयटरमा यही जनवरी २४ आइतबारका दिन १ सो प्रदर्शन गरिने आयोजकले जानकारी दिएका छन् । । वरिष्ठ रङ्गकर्मी हरि बहादुर थापाले निर्देशन गर्नु भएको नाटक जोडियोस् भत्किएका मनहरू पुनः प्रदर्शन हुने जानकारी दिनु पाउँदा आफूलाई खुसी लागेको निर्देशक थापाले बताउनुभयो । 
 
यसअघि एकै दिन दुई पटक मञ्चन हुँदा पनि धेरै न्युयोर्कबासीले नै नाटक हेर्न नपाएको गुनासो गरेको सुनियो । त्यही भएर उहाँहरूको लागि भए पनि यो नाटक मञ्चन गर्न लागिएको हो थापाले भने । यसअघि डिसेम्बर १३ तारिखका दिन नाटक मञ्चन भएको थियो । नाटक पुनः मञ्चन हुने भएपछि कलाकारहरूले फेरी रिहर्सललाई सुरु गरिसकेको छन् । 
 
उता नाटकको पुनः मञ्चन हुने खबर सुने पश्चात् न्युयोर्कस्थित नेपाली महावाणिज्यदुतावास न्युयोर्कका प्रमुख नारायणप्रसाद मैनालीले खुसी प्रकट गरे । 
“नाटकका टिकटहरु छ्ट्टिै सकिएकाले धेरै मानिसहरूले नाटक हेर्न पाएका थिएनन् । यस्तो राम्रो नाटकलाई तंपाईहरुले फेरी मञ्चन गर्नुपर्छं भनेर मैले पहिले पनि भनेको थिए । मलाई खुसी छ, यो नाटकको पुनः मञ्चन गरिदैंछ,” मैनालीले भने ।  
 
नेपालमा आएको विनाशकारी भूकम्प पछिको कथा व्यथा पोखिएको नाटकमा नदिया लिवाङ्ग, संगीता उप्रेती, सहदेव पौडेल, यादव गौतम, ज्योतिकुमार श्रेष्ठ, दिपिका श्रेष्ठ,अनुज थापा, विकास विष्ट, कृष् थापा ,क्रिस्टल थापा, दिलाष्मा रजक र निर्देशक हरि बहादुर थापाले सुत्रधारको भूमिकामा अभिनय गरेका छन् ।  १५८ सिट क्षमताको उक्त थियटरमा नाटक हेर्नको लागि ५० र २५ डलरका टिकटको व्यवस्था गरिएको छ । नाटक उक्त दिन साँझ ५ बजे मञ्चन हुँदैछ ।