मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पुनर्निर्माणलाई योजनाबद्ध रूपमा अगाडि बढाइने

पुनर्निर्माणलाई योजनाबद्ध रूपमा अगाडि बढाइने


काठमाडौँ, २४ पुस । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पूर्णता दिएसँगै भूकम्प गएको नौ महिनापछि पुनर्निर्माण योजनाबद्ध रूपमा अगाडि बढ्ने भएको छ ।
 
राजनीतिक खिचातानीपछि भूकम्पपछिको पुनर्निर्माण प्राधिकरणको कानुनी एवम् प्रशासनिक संरचना पूरा भएकाले पुनर्निर्माणका कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाउन लागेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । नवनियुक्त परामर्श परिषद्का सदस्यहरू प्राध्यापक उमेशचन्द्र उपाध्याय, शर्मिला कार्की र भवानी राणा, निर्देशक समितिका सदस्यहरू किशोर थापा, प्रा डा तारानिधि भट्टराई तथा कार्यकारिणी समितिका सदस्यहरू डा चन्द्रबहादुर थापा, धु्रवराज शर्मा र डा विष्णु भण्डारीलाई आज कार्यकक्षमा स्वागत गर्दै उनले पुनर्निर्माणका कार्यलाई अभियानका रूपमा अगाडि बढाउने बताए । 
 
केही विज्ञ सदस्य नियुक्त हुन बाँकी रहे पनि संस्थागत संरचनाको निर्णयका लागि पूर्णता प्राप्त गरेको बताउँदै उहाँले चाँडै बैठक बसेर पुनर्निर्माणका कार्यलाई प्रभावित क्षेत्रमा पु¥याउने बताउनुभयो । आगामी सोमबार निर्देशक समितिको बैठक, २९ गते परामर्श परिषद्को बैठक र माघ २ गतेदेखि राष्ट्रिय पुनर्निर्माण महाअभियान कार्यक्रमको थालनी गरिने ज्ञवालीले जानकारी दिनुभयो । 
 
विसं १९९० माघ २ गते गएको भूकम्पको दिनलाई लिएर प्रत्येक महिना फागुन १२, चैत १२ र वैशाख १२ पुनर्निर्माणको महाअभियानलाई अगाडि बढाउने र त्यसमा समग्र तह र तप्कालाई अभियानमा समावेश गराउने उहाँको भनाइ छ । रासस